विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अघिल्लो सरकारले नियुक्त गरेका मुख्यन्यायधिवक्ता रुपेश कोइरालालाई पदमुक्त गरेका छन् ।
मुख्यमन्त्री कार्कीको बैशाख २८ गतेको सिफारिसमा कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले नेपालको संविधानको धारा १६० को उपधारा (४) को खण्ड (ख) बमोजिम आजको मितिबाट मुख्यन्यायाधिवक्ता पदबाट कोइरालालाई पदमुक्त गरेका हुन् ।
अघिल्लो सरकारका मुख्यमन्त्री केदार कार्कीले कोइरालालाई २०८० पुस २२ मा संविधानको धारा १६० को उफधारा (२) बमोजिम मुख्यन्यायधिवक्तामा नियुत्त गरेका थिए ।
सरकारको कानुनी सल्लाहकारका रुपमा भूमिका रहने मुख्यन्यायधिवक्ताले सरकार फेरिएपछि तत्कालै राजिनामा दिने अभ्यास रहेपनि कोइरालाले राजिनामा नदिएका कारण मुख्यमन्त्री कार्कीले उनलाई पदमुक्त गरेका हुन् ।
वर्तमान सरकार गठनको प्रक्रियामा संवैधानिक प्रश्न उठाउँदै केदार कार्कीले सर्वोच्चमा रिट दायर गरेको अवस्थामा कोइरालाले तत्कालिन सरकारको कानुनी सल्लाहकारकै हैसियतमा रिट निवेदनको पक्षमा बहस गरेका थिए ।
सरकार गठनसम्बन्धि विवाद सर्वोच्च अदालतमा पुगेको अवस्थामा कोइरालाको भूमिका अघिल्लो सरकारको पक्षमा हुने भएपछि वर्तमान मुख्यमन्त्री कार्कीले उनलाई बर्खास्त गरेका हुन् ।
View : 574
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved