विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि –२० क्रिकेट प्रतियोगितामा जोगवनीको फ्रशान्त क्रिकेट क्लब र सुनसरी त्रिकेट क्लब अन्तिम आठमा पुगेका छन् ।
विराटनगर जुटमिलको खेलमैदानमा बुधबार भएको फहिलो खेलमा जोगवनीले घरेलु टोली बीसीसीए विराटनगरलाई ६२ रनले र दोस्रो खेलमा सुनसरी क्रिकेट क्लबले आयोजक मिल्स त्रिकेट क्लबलाई ११ रनले हराउँदै दुई टोली अन्तिम आठमा पुगेका हुन् ।
टस जितेर ब्याटिङ रोजेको जोगवनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाई २५१ रन बनाएको थियो ।
जोगवनीले दिएको २५२ रनको विशाल लक्ष्य पछ्याएको विराटनगरले सबै विकेट गुमाइ १८९ रन मात्रै बनायो ।
बुधबार नै झएको दोस्रो खेलमा सुनसरी क्रिकेट क्लबका खेलाडी रविन मण्डलले जितको लागि आत्रमक ब्याटिङ गर्दै अर्धसतक पूरा गरेका छन् । उनले ४७ बलमा ८८ रन बनाउँदै निर्धारित २० ओभरमा ९ विकेट गुमाई १६६ रन बनाएको हो ।
१६७ रनको विजय लक्ष्य पछ्याएको आयोजक मिल्स क्रिकेटले १८.२ ओभरमा १० विकेट गुमाई १५५ रन मात्रै बनायो ।
बिहीबारको पहिलो क्वाटर फाइनल खेल जोगवनीको फ्रशान्त क्रिकेट क्लब र विराटनगरको एनबीएससी त्रिकेट क्लबबीच हुनेछ ।
View : 325
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved