विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि –२० क्रिकेट प्रतियोगितामा भारत विहारस्थित पटनाको हाइ पफmमेन्स क्रिकेट क्लब र कटिहार त्रिकेट क्लब अन्तिम आठमा पुगेको छन् ।
विराटनगर जुटमिलको खेलमैदानमा मंगलबार भएको पहिलो खेलमा पटनाले विभागीय टिम नेपाल पुलिस क्लबलाई १२ रनले र कटिहारले सिराहा क्रिकेट क्लबलाई ८ विकेटले पराजित गरेका हुन् ।
टस जितेर ब्याटिङ रोजेको पटनाले १५.५ ओभरमा सबै बिकेट गुगाउादै १०३ रन बनाएको छ । पटनाका सचिनकुमार सिंहले १९ बलमा २६ रन बनाए । उनले २ छक्का र २ चौका हिर्काए । प्रतीकले २२ रन पारी खेल्दा सहिले अविजित १३ रनको योगदान दिए । पटनाका अन्य ब्याटमेनले दोहोरो अंक बनाउन सकेनन् ।
पुलिसका सुर्वण यादवले कसिलो बलिङ गरे । उनले ३.५ ओभरमा ९ रन खर्चेर ४ विकेट लिए । रोशन सुवलले ३ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए भने रसिब खानले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए ।
पटनाले दिएको १०४ रनको विजय लक्ष्य पछ्याएको नेपाल पुलिसले १७.३ ओभरमा सबै विकेट गुमाई ९१ रन मात्रै बनाउन सक्यो ।
पुलिसका केशवले २० बलमा १७ रन बनाए । उनले ३ चौका मात्रै हिर्काए । एरनले १६ रन बनाउादा सुबपले ११ रनको योगदान दिए । पुलिसका अन्य ब्याटमेनले दोहोरो अंक बनाउन सकेनन् ।
पटनाका सकबुल जैनले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । सचिन सिंह र हरीले समान २–२ विकेट लिए । खेलको प्लेर अफ द म्याच पटनाका सचिन सिंह घोषित भए । उनले नगद ३ हजार रुपैयाा पाए ।
कटिहारको जित
दोस्रो खेलमा कटिहारले सिराहा क्रिकेट ८ विकेटले हरायो । सिराहाले १७८ रनको लक्ष्य कटिहारले १४.३ ओभरमा २ विकेट गुमाएर पूरा गरेको हो । कटिहारको जितको लागि अंकित सिंहले बिस्फोटक ब्याटिङ गरे । उनले ४३ बलमा अर्ध सतक कटाउादै अबिजित ८० रन बनाए । उनले ४ छक्का र १० चौका हिर्काए । उनी खेलको प्लेयर अफ द म्याच पनि घोषित भए । त्यसैगरी असुबले अविजित २४ रन पारी खेल्दा आशीषले ३१ र सुजितले ३० रनको योगदान दिए ।
सिराहाका विशाल र सोनम रोयले समान १–१ विकेट लिए । त्यसअघि टस जितेर पहिलो ब्याटिङ थालेको सिराहाले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १६७ रन बनाएको थियो । जसमा सिराहाका रुपेशले २० बलमा अबिजित ४७ रन बनाए । उनले ३ छक्का र ६ चौका हिर्काए । दिपेश दास र सिराहाका ओपनर सोलन साहले समान ३०–३० रनको योगदान दिए ।
कटिहारका भानु र प्रनिसले समानले २ –२ विकेट लिए । बुधबार पहिलो खेल बिसीसीए विराटनगर र फ्रशान्त क्रिकेट क्लब जोगवनीबिच हुनेछ । सोही दिन हुने दोस्रो आयोजक मिल्स त्रिकेट क्लब र सुनसरी क्रिकेट क्लब बीच हुने खेल तालिका रहेको छ ।
View : 139
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved