Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी

आजै मन्त्रिपरिषद् विस्तारको तयारीमा मुख्यमन्त्री कार्की

उद्घोष सम्वाददाता
३ जेठ २०८१, बिहिवार

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । बैशाख २७ मा तेस्रो पटक मुख्यमन्त्री नियुक्त भएर पदबहाली गरेलगत्तै पार्टीका नेताहरूसँग परामर्शका लागि काठमाडौं पुगेर फर्किएका कार्कीले सकेसम्म आजै मन्त्रिपरिषद् विस्तार गर्ने जनाइएको छ ।

मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषद्मा एमालेको तर्फबाट पठाउने नामहरू टुंगिसकेको स्रोतको दाबी छ । तर नेकपा माओवादीले नाम नपठाएका कारण आजै मन्त्रिपरिषद् विस्तारको कार्य हुने नहुने भन्ने अलमल पनि रहेको जनाइएको छ ।

स्रोतका अनुसार एमालेले अघिल्लो पटक सरकारमा केही महिनामात्रै मन्त्री बनेकाहरूलाई नै यस पटक निरन्तरता दिने तयारी गरेको जनाइएको छ । 

कोशी प्रदेशमा नेकपा एमाले र माओवादी केन्द्रबीच सत्ता समीकरण भएको छ । मुख्यमन्त्री कार्कीले माओवादी केन्द्रसहित नेकपा एकीकृत समाजवादी र जसपाको समर्थन विश्वासको मत समेत पाइसकेका छन् । 

विश्वास मत पाएपछि मुख्यमन्त्री कार्कीले सञ्चारकर्मीहरूसँग एक साताभित्रै सरकारलाई पूर्णता दिने बताएका थिए ।

आज माओवादीले मन्त्रीहरूको नाम दिए आजै मन्त्रिपरिषद् विस्तार हुने जनाइएको छ । मुख्यमन्त्रीको मन्त्रिमण्डलमा अहिले नेकपा एमालेका तर्फबाट दलका उपनेता राम बहादुर मगर र नेकपा माओवादी केन्द्रका गणेश प्रसाद उप्रेती विनाविभागीय मन्त्री रहेका छन् । मन्त्रिमण्डल विस्तार भए उनीहरूले समेत मन्त्रालयको जिम्मेवारी पाउनेछन् ।

View : 227

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved