विराटनगर । यहाँस्थित एभरेष्ट सेकेण्डरी स्कुलका विभिन्न तहमा निर्वाचित विद्यार्थी नेताहरूले सोमबार सपथग्रहण गर्दै कार्यभार सम्हालेका छन् ।
यस शैक्षिक सत्रका लागि भएको निर्वाचनबाट विभिन्न तहका विद्यार्थी नेताहरूलाई विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले सपथग्रहण गराएका हुन् । कार्यक्रममा प्राथमिक तह, मध्यम तह, माध्यमिक तहका गरी विभिन्न पदमा २ सय ३६ जना विद्यार्थी नेता निर्वाचित भएका छन् । विद्यालयकी अतिरिक्त कृयाकलाप इन्चार्ज सुधा डंगोलका अनुसार आधारभूत र माध्यामिक तहबाट दुई जना प्रिफेक्ट र दुई जना डिपुटी प्रिफेक्ट निर्वाचित भएका छन् ।
यस्तै प्राथमिक, मध्यम र माध्यामिक तहबाट चार हाउसका क्याप्टेन तथा भाइस क्याप्टेन छानिएका छन् । ५१ वटा कक्षाका लागि ५१ जना मनिटर र ५१ जना नै भाइस मनिटर चयन भएका छन् ।
अतिरिक्त कृयाकलापतर्फ फुटबल, बास्केटबल, पौडी, टेबल टेनिस, तेक्वान्दो, स्काउट, नृत्य, संगीत र फाइन आर्टका कप्तान र सहायक कप्तान चयन भई सपथग्रहण गरेका छन् । यस्तै कोर्ष सम्बन्धित कृयाकलापका प्राथमिक, मध्यम र माध्यामिक तहका गरी २२ वटा विधामा क्याप्टेन र भाइस क्याप्टेन गरी ४४ पदमा नेताहरू चयन भई सपथ गरेका हुन् ।
सपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले निर्वाचित हुने नेतृत्वले आ–आˆनो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न शुभकामना दिए । नवनिर्वाचिन माध्यामिक तहका प्रमुख (प्रिफेक्ट) प्रेम खतिवडाले आˆनो जिम्मेवारीलाई कुशलता पूर्वक निर्वाह गर्ने प्रयत्न गर्ने भन्दै विश्वको आवश्यकताका रुपमा रहेको अंग्रेजी भाषाको लागि उपयुक्त वातावरण तयार गर्ने बताए ।
आधारभूत तहकी प्रिफेक्ट अविज्ञा घिमिरेले आˆनो तर्फबाट उच्च तहको भूमिका निर्वाह गर्ने बताइन् । कार्यक्रममा नवनिर्वाचित विद्यार्थी नेतृत्वहरूलाई फूलको गुच्छा, खादा र अबिरले स्वागत गर्दै आ–आˆनो तहअनुसारको ब्याचले सुशोभित गराइएको थियो । कार्यक्रममा विद्यालयका भाइस प्रिन्सिपलद्वय टीएन भण्डारी र नारायण कडरिया तथा विभिन्न तहका लेभल इन्चार्जहरूको सहभागिता रहेको थियो ।
View : 199
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved