विराटनगर । विराटनगर महानगरपालिकाले बिहीबार विराटनगर वडा नम्बर ४ मा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा ३ सय ४३ जनाले स्वास्थ्य सेवा लिएका छन् ।
शिविरमा फिजिसियनतर्फ ७९ जना, बालरोगतर्फ १७७ जना, हाडजोर्नीतर्फ २२ जना, स्त्रीरोगतर्फ ४१ जना, छाला तथा यौनरोगतर्फ १७ जना, भीआईए जाँचतर्फ ३२ जना, भिडियो एक्स–रेतर्फ ६८ जना र ईसीजीतर्फ २५ जनाले सेवा लिएको शिविरका फोकल पर्सन भोला तिम्सिनाले जानकारी दिए ।
शिविरको महानगरका मेयर नागेश कोइराला, सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत र वडा नम्बर ४ का अध्यक्ष जितन थापाले अनुगमनसमेत गरेका थिए ।
वडा कार्यालय छेउमा रहेको आधारभूत विद्यालयमा सञ्चालित शिविरमा विद्यार्थीहरूले समेत स्वास्थ्य जाँच गराएको स्वास्थ्य महाशाखाका संयोजक दिलिप यादवले जानकारी दिए ।
महानगरले विराटनगरका १९ वटै वडामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ ।
View : 207
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved