Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
आर्थिक

कृषि प्रबर्द्धनका लागि सुझाव संकलन गर्दै कटहरी

उद्घोष सम्वाददाता
२ जेठ २०८१, बुधवार

विराटनगर । कृषि क्षेत्रलाई प्रबर्द्धन गर्न अपनाउनुपर्ने नीति तथा आगामी बजेटमा प्राथमिकतामा राख्नुपर्ने क्षेत्रहरूका विषयमा कटहरी गाउँपालिकाले सुझाव संकलन गरेको छ ।

गाउँपालिकाले सम्बद्ध कार्यालयका जिल्ला पदाधिकारी एवं विज्ञहरूलाई सहभागी गराएर सुझाव संकलन गरेको हो । कृषि क्षेत्रको प्रवर्द्धन तथा आधुनिकीकरण गर्ने उद्देश्यसहित सुझाव संकलन गरिएको गाउँपालिका अध्यक्ष देवराज चौधरीले जानकारी दिए ।

उनले कृषि क्षेत्रमा परम्परागतरुपमा बजेट बिनियोजन गर्ने गरिएको बताउँदै विज्ञहरूसँगको परामर्शपछि आवश्यकताका क्षेत्र पहिचान गरी आगामी बजेटमा समेट्ने ऊद्देश्य सहित कार्यक्रम गरिएको बताए । 

कार्यत्रममा बोल्दै कृषि विकास निर्देशनालय मोरङका निर्देशक प्रकाश डांगीले कटहरी गाउँपालिकामा पर्याप्त तरकारी उत्पादन हुने गरेको बताउँदै तरकारीको बजारीकरण र ब्राण्डिङमा ध्यान दिनुपर्ने सुझाव दिए ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई मोरङका प्रमुख मनोजकुमार यादवले कृषि बीमालाई प्राथमिकता दिनुपर्ने बताए । संघले गराउँदै आएको कृषि बीमा कार्यक्रममा कटहरीले आफ्नो पनि केही प्रतिशत आर्थिक सहभागितामा कृषि बीमालाई प्रबर्द्धन गर्न सके किसान लाभान्वित हुने बताए । उनले कटहरीमा रबड र कटहर खेतीलाई प्राथमिकता दिन समेत सुझाव दिए ।

कृषि ज्ञान केन्द्र मोरङका प्रमुख रामदेव सिंहले कटहरी राम्रो उब्जनी हुने किसानहरूको बाहुल्य क्षेत्र भएपनि किसानहरूले सिँचाईको समस्या झैल्दै आएको बताए । 

पशु विज्ञ केन्द्र मोरङका प्रमुख डा अजय साहले पशुपालन गर्ने किसानहरूको दुई तिहाई खर्च पोषणमै हुने गरेकाले त्यसलाई ध्यानमा राखेर कार्यक्रम ल्याइनुपर्नेमा जोड दिए । उनले पशु भ्याक्सिनेसन तथा कोल्ड चेनको ब्यवस्थापनमा समेत पालिकाले सम्बद्ध निकायसँग सहकार्य गर्न सक्ने बताए ।

कार्यक्रममा कटहरी गाउँपालिकाकी उपप्रमुख सीतादेवी राजवंशी, प्रमुख प्रशासकीय अधिकृत मनोज साह  र प्रशासकीय अधिकृत जानकीप्रसाद अधिकारीलगायतको सहभागिता थियो ।

View : 179

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved