Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

चार सयभन्दा बढीको उपचार

उद्‌घोष संवाददाता
१ जेठ २०८१, मङ्गलवार

Advertisement

विराटनगर । विराटनगर महानगरपालिकाले वडा नम्बर ५ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा आयोजना गरेको एकीकृत विशेषज्ञ स्वास्थ्य शिविरमा चार सयभन्दा बढीले सेवा लिएका छन् । 

निःशुल्क एकीकृत स्वास्थ्य शिविरमा ४ सय २० जनाले सेवा लिएको स्वास्थ्य महाशाखाका स्वास्थ्य अधिकृत मानिकचन भगतले जानकारी दिए ।

जसमा १ सय ६२ जना फिजिसियन, ७१ जना हाडजोर्नी, ३१ जना बालरोग, ५४ जना छाला रोग, ७४ जना स्त्री तथा प्रसूति रोग, ५५ जना भिआईए जााच, १२२ जनाको भिडियो एक्सरे, ६५ जनाले इसीजी सेवा लिएका छन् । त्यस्तै १० जना क्षयरोग पहिचान भएको उनले बताए । 

महानगरले १९ वटै वडामा एकीकृत विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ । 

शिविरमा फिजिसियन, बालरोग, छालारोग, स्त्री रोग, हाडजोर्नीलगायतका सेवा प्रदान गरिएको शिविरका फोकल पर्सन भोला तिम्सिनाले जानकारी दिए । यस वर्ष १६ वटा वडामा स्वास्थ्य शिविर सम्पन्न भइसकेको तिम्सिनाले बताए ।

View : 471

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved