विराटनगर । नेकपा एकीकृत समाजवादीले ३१ औं मदन–आश्रित स्मृति दिवसका दिन मदन भण्डारी तथा जीवराज आश्रितले कम्युनिष्ट आन्दोलन पुर्याएको योगदानको स्मरण गरेको छ ।
विराटनगर तीनपैनीस्थित पार्टी कार्यालयमा बिहीबार कार्यक्रम गरी उक्त पार्टीको जिल्ला तथा महानगर कमिटीले मदन–आश्रितको स्मरण गरेको हो ।
कार्यक्रममा बोल्दै पार्टीका पोलिटब्युरो सदस्य तथा कोशी प्रदेश सचिव महेश रेग्मीले दुनियाँमा कम्युनिष्ट आन्दोलन शिथिल हुँदा मदन भण्डारीले पार्टीलाई लोकतान्त्रिककरण गरेर विकसित तुल्याएको चर्चा गरे ।
पार्टीका मोरङ जिल्ला कमिटी अध्यक्ष चन्द्रवीर राईको सभापतित्वमा भएको कार्यक्रममा महानगर कमिटी अध्यक्ष वीरेन्द्र यादव, उपाध्यक्ष कविराज घिमिरेलगायतले मदन–आश्रितले पार्टीमा पुर्याएको योगदानको चर्चा गरेका थिए ।
View : 192
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved