Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
प्रविधि

शिक्षादीपमा कोड क्याम्प

उद्‌घोष संवाददाता
२६ चैत २०८०, सोमवार

Advertisement

विराटनगर । विराटनगरको अग्रणी शैक्षिक संस्था शिक्षादीप कलेजले आइतबारदेखि तीनदिने कोड क्याम्प तथा इथिकल ह्याकिङ सम्बन्धी कार्यशाला सुरु गरेको छ ।

कलेजले कक्षा ११ मा अध्ययनरत कम्प्युटर विज्ञानतर्फका चार सय विद्यार्थीहरुलाई सहभागी गराएर तीन दिने कार्यशाला आयोजना गरेको जनाइएको छ ।

कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले प्रविधिको बढ्दो प्रयोगका कारण कम्प्युटर विज्ञानमा भित्रिएका नयाा नयाा प्रविधि र प्रयोगहरुबारे विद्यार्थीहरुलाई ज्ञान र सीपको विकास गर्न कार्यशाला आयोजना गरिएको बताएका छन् । उनले यसअघि कक्षा १२ का विद्यार्थीहरुलाई सहभागी गराएर कार्यशाला सम्पन्न गरिएको बताएका हुन् ।

‘अहिलेको समयमा कम्प्युटर विज्ञानको ठूलो अवसरको क्षेत्र खुल्दै गएको छ, नेपालले यस क्षेत्रमा धेरै ठूलो उपलब्धिहरु पनि प्राप्त गर्दै गएको छ’ उनले भने, ‘अबको शिक्षा कम्प्युटर विज्ञानबिना अपुरो हुन्छ, विद्यार्थीहरुलाई यसबारे समयमै प्रशिक्षणको आवश्यकता पनि छ, हामीले जिम्मेवार शैक्षिक संस्थाको नेतृत्व गरेका कारण विद्यार्थीहरुको ज्ञान र सीप अभिबृद्धिका लागि कार्यशाला आयोजना गरेका हौं ।’

कार्यशालामा विद्यार्थीहरुले कम्प्युटर साइन्सका अति आवश्यक हुने इथिकल ह्याकिङ र कोडको प्रयोगबारे प्रयोगात्मक प्रशिक्षण गरिने जनाइएको छ ।

त्यसका लागि काठमाडौंस्थित कोड हिमालय र प्रशिक्षण नामक संस्थाले प्राविधिक सहयोग गर्ने समझदारी भएको जनाइएको छ ।

कोड हिमालयका साइबर सेक्यूरिटी प्रशिक्षक भरत बस्यालले कम्प्युटर विज्ञानको क्षेत्रमा भविष्यमा आउन सक्ने चुनौतिहरुलाई रोक्न अहिलेदेखि नै सीप विकास गर्दै जानुपर्ने आवश्यकता रहेको बताए ।

View : 781

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved