Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

बीमा प्राधिकरण कोशीद्वारा रक्तदान

उद्घोष सम्वाददाता
३१ वैशाख २०८१, सोमवार

विराटनगर । नेपाल बीमा फ्राधिकरणको ५६ औं वार्षिकोत्सवको अवसरमा आइतबार विराटनगरमा गरिएको  कार्यक्रममा ५५ जनाले रत्तदान गरेका छन् ।

नेपाल बीमा प्राधिकरण कोशी फ्रदेशको आयोजनामा रक्तदान कार्यत्रम गरिएको हो । 

सम्पूर्ण बीमा कम्पनीहरुको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणले प्रत्येक वर्ष जेठ १ गते वार्षिक उत्सव मनाउँदै आएको छ । सो अन्तर्गत शनिबार शहीद रंगशाला विराटनगरमा भएको मैत्रीपूर्ण फुटबलमा जीवन बीमा कम्पनीको टोली विजयी भएको थियो ।

नेपाल बीमा प्राधिकरण कोशी प्रदेशको प्रमुख विनोदकुमार पोखरेलको संयोजकत्वमा तीन दिवशीय कार्यक्रम भैरहेको जनाइएको छ ।  

सोमबार (जेठ १) वार्षिकोत्सवमा विहान विराटनगरको मुख्य रोडमा सचेतनामूलक प्रभातफेरि आयोजना गरिने छ ।

सो प्रभातफेरी महेन्द्र चोकमा गएर समापन गरिने  र साँझ बीमाका कर्मचारीहरु बीच बीमा विकासको समीक्षा गरिने लगायतका विविध कार्यक्रम गरिने सन्तोष आचार्यले जानकारी दिए ।

View : 203

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved