Biratnagar, Morang, Nepal
२८ पुष २०८१, आइतवार
+977 21 450305, 515728, 578305
समाज

युनियनको कोषमा रकम जम्मा हुने क्रम सुरु

उद्‌घोष सम्वाददाता
३ जेठ २०८१, बिहिवार

विराटनगर । नेपाल प्रेस युनियन कोशी प्रदेशले सामाजिक सुरक्षा र स्वास्थ्य उपचार कोष स्थापना गर्ने निर्णय गरेको दुई दिन नबित्दै सहयोग रकम जुट्ने क्रम सुरु भएको छ । 

बिहीबार नेपाल पत्रकार महासंघ कोशी प्रदेशका कार्यबाहक अध्यक्ष लवदेव ढुंगानाले २५ हजार रुपैयाँ हस्तान्तरण गरेका छन् । 

युनियनको प्रदेश कार्यालय पुगेर ढुंगानाले आˆनो जन्मदिनको अवसर पारेर युनियनका प्रदेश अध्यक्ष मीनकुमार नवोदितलाई अक्षयकोषका लागि उक्त नगद रकम हस्तान्तरण गरेका हुन् । 

त्यस्तै बिहीबार नै नेपाल ट्रेड युनियन कांग्रेस कोशी प्रदेशका उपाध्यक्ष डिकप्रसाद घिमिरेले २ हजार १ सय र नेपाली लेखक संघ कोशी प्रदेश अध्यक्ष गोकुल अधिकारीले १ हजार १ सय रुपैयाँ हस्तान्तरण गरे । 

प्रदेश युनियनको सचिवालयले १ करोडको स्वास्थ्य उपचार कोष स्थापना गर्ने निर्णय गरेको थियो । युनियनको ३३ औं स्थापना दिवसका अवसरमा जेठ १० गते विराटनगरमा हुने विशेष समारोहमा कोषको औपचारिक घोषणा हुने प्रदेश अध्यक्ष नवोदितले जानकारी दिए ।

View : 201

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved