Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
राजनीति

निर्मलाले रोजिन् अशोक राई नेतृत्वको जसपा

उद्घोष सम्वाददाता
३ जेठ २०८१, बिहिवार

विराटनगर । कोशी प्रदेश सभामा एक सिटमात्रै भएको जनता समाजवादी पार्टी नेपालकी प्रदेश सभा सांसद निर्मला लिम्बूले अशोककुमार राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) रोजेकी छन् । मंगलबार उनले प्रदेश निर्वाचन कार्यालय विराटनगरमा पुगेर जसपामा रहने गरी सनाखत गरेकी हुन् । लिम्बूले जसपामा रहने सनाखत गरेपछि कोशी प्रदेशमा जसपा नेपाल सांसदविहिन बनेको छ । 

कोशी प्रदेशमा अहिले नेकपा एमालेका हिक्मतकुमार कार्की मुख्यमन्त्री  छन् । कोशी प्रदेश सभाको दोस्रो कार्यकालमा कार्की नेतृत्वकै मन्त्रिमण्डलमा रहेर पछि राजिनामा दिएकी लिम्बू कार्कीसँग समेत रुष्ट थिइन् । कोशी प्रदेश नामकरणको मुद्दामा उनी मुख्यमन्त्री कार्कीसँग रिसाएकी थिइन् । 

कार्की नेतृत्वको सरकारमा स्वास्थ्यमन्त्री बनेकी लिम्बूले २०८० जेठ १७ मा पत्रकार सम्मेलन गर्दै मन्त्री पदबाट राजिनामा दिएकी थिइन् । लिम्बू २०७९ पुस २५ मा हिक्मत कार्की नेतृत्वको सरकारमा मन्क्री नियुत्त भएकी थिइन् ।

उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट सांसद रहेकी उनले पार्टीकै निर्णय अनुसार राजिनामा दिएको तर आफूलाई पार्टीभित्रैबाट षडयन्त्र पनि भएको आरोप लगाएकी थिइन् ।

आफूलाई मन्त्री पदबाट हटाउन पार्टीकै प्रदेशस्तरका नेताहरु लागेको भन्दै उनले सार्वजनिक रुपमा असन्तुष्टि पोखेकी थिइन् । त्यसैको परिणाम लिम्बूले जसपा नेपाल विभाजनपछि उपेन्द्र यादव नेतृत्वलाई छाडेर अशोक राईको नेतृत्व रोजेकी हुन् । 

लिम्बूले मंगलबार प्रदेश निर्वाचन कार्यालय विराटनगर पुगेर अशोक राई नेतृत्वको जसपा रोजेको सनाखत गरेको जनाइएको छ । जसपा नेपालबाट निर्वाचित भएका जनप्रतिनिधिहरुले जेठ १३ गतेभित्र पार्टी रोज्न सनाखत गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ ।

View : 152

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved