विराटनगर । सोमबार प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यसै साता सरकारले पूर्णता प्राप्त गर्ने बताएका छन् । उनले सञ्चारकर्मीहरूसँगको संवादमा सरकारमा सहभागी भएका दलहरूसँग छलफल गरेर मन्त्रिपरिषद् विस्तार गर्ने बताए ।
उनले सरकारलाई कार्यबोझ थपिए मन्त्रालयहरू थपिने बताएका हुन् । तर सरकारलाई कार्यबोझ नभईकन भने मन्त्रालय नथपिने उनले स्पष्ट पारेका हुन् ।
‘कार्यबोझ नथपी मन्त्रालय नथप्ने पक्षमा छौं, कार्यबोध थपियो भने थपिन्छ, नथपी मन्त्रालय बढाउने कुरामा दुबै दलमा नगर्ने सहमति भएको छ’ उनले भने ।
आफूले विश्वासको मत लिने क्रममा कांग्रेस अनुपस्थित भएपछि मुख्यमन्त्री कार्कीले कांग्रेसले आफूलाई संसदीय अभ्यासको च्याम्पियन ठाने पनि कोशी प्रदेश सभाको बैठकमा अनुपस्थित भएर राजनीतिक मूल्य चुकाएको टिप्पणी गरे ।
‘उहाँ समयक्रममा आफू चुकेको कुरामा सच्याएर आउनुहुन्छ, उहाँहरूले यो कुरामा मिस्टेक गर्नुभयो’ कार्कीले भने, ‘सरकार बहुमतको हुन्छ, बहुमत गुमाएको दिन कि विश्वासको मत लिनुपर्छ, कि राजीनामा दिनुपर्छ, अर्को सरकार बनेपछि सहज स्वीकार गर्नुपर्छ, यो भनाइ सिंगो कांग्रेसको पनि होइन भन्ने मेरो बुझाइ छ ।’
मुख्यमन्त्री कार्कीले सहमतीय सरकारका लागि फेरि दलहरूसँग भन्न सकिने र त्यस्तो स्थिति बन्न सक्ने बताए ।
View : 405
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved