Biratnagar, Morang, Nepal
२ जेठ २०८१, बुधवार
+977 21 450305, 515728, 578305
कोशी
केदार कार्कीले नियुक्त गरेका मुख्यन्यायधिवक्ता कोइराला भए पदमुक्त
उद्घोष सम्वाददाता ३० वैशाख २०८१, आइतवार

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अघिल्लो सरकारले नियुक्त गरेका मुख्यन्यायधिवक्ता रुपेश कोइरालालाई पदमुक्त गरेका छन् ।  मुख्यमन्त्री कार्कीको बैशाख २८ गतेको सिफारिसमा कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले नेपालको संविधानको धारा १६० को उपधारा (४) को खण्ड (ख) बमोजिम आजको मितिबाट  मुख्यन्यायाधिवक्ता पदबाट कोइरालालाई पदमुक्त गरेका हुन् । अघिल्लो सरकारका मुख्यमन्त्री केदार कार्कीले कोइरालालाई २०८० पुस २२ मा संविधानको धारा १६० को उफधारा (२) बमोजिम मुख्यन्यायधिवक्तामा नियुत्त गरेका थिए । सरकारको कानुनी सल्लाहकारका रुपमा भूमिका रहने मुख्यन्यायधिवक्ता...

समाज
पर्यटन पत्रकारिता र फोटोग्राफी तालिम
उद्घोष सम्वाददाता १ जेठ २०८१, मङ्गलवार

विराटनगर । कोशी प्रदेशमा पर्यटन पत्रकारिता र फोटोग्राफीको सम्भावनाबारे पत्रकारहरूलाई जानकारी दिन दुई दिने तालिम आयोजना गरिएको छ । प्रेस चौतारी नेपाल कोशी प्रदेश समितिको आयोजना तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशको सहयोगमा प्रदेशका विभिन्न जिल्लाका पत्रकारहरूलाई तालिम दिइएको हो । तालिममा कोशी प्रदेशलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका पत्रकारहरूको सहभागिता रहेको जनाइएको छ ।   सहभागीहरूलाई प्रशिक्षक यज्ञ शर्माले पर्यटन पत्रकारिता, विश्व ताम्राकारले फोटोग्राफी र लिलाराज भट्टराईले सञ्चार क्षेत्रमा प्रविधिको प्रयोगका बारेमा सहजीकरण गरेका छन् । तालिमको उद्घाटन को...

राजनीति
मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पाए विश्वासको मत
उद्घोष सम्वाददाता ३१ वैशाख २०८१, सोमवार

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभाबाट विश्वासको मतका लागि राखेको प्रस्ताव बहुमतले पारित भएको छ । प्रदेश सभाको पाँचौ अधिवेशनको पहिलो बैठकमै मुख्यमन्त्री कार्कीले आफूमाथि प्रदेश सभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा ५७ मत परेको हो ।  उक्त मत प्रदेश सभाको तत्काल कायम रहेको ९३ जना सदस्य संख्याको बहुमत भएको हुँदा मुख्यमन्त्री कार्कीले विश्वासको मत प्राप्त गर्न राखेको प्रस्ताव बहुमतले पारित भएको सभामुख अम्बरबहादुर बिष्टले घोषणा गरे । प्रस्तावको विपक्षमा शुन्य मत प्राप्त भएको उनले सभालाई जानकारी दिए । त्यस्तै मत विभाजन कार्यमा ६२ जना सांसद उपस्थि...

राष्ट्रिय
मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पाए विश्वासको मत
उद्घोष सम्वाददाता ३१ वैशाख २०८१, सोमवार

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभाबाट विश्वासको मतका लागि राखेको प्रस्ताव बहुमतले पारित भएको छ । प्रदेश सभाको पाँचौ अधिवेशनको पहिलो बैठकमै मुख्यमन्त्री कार्कीले आफूमाथि प्रदेश सभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा ५७ मत परेको हो ।  उक्त मत प्रदेश सभाको तत्काल कायम रहेको ९३ जना सदस्य संख्याको बहुमत भएको हुँदा मुख्यमन्त्री कार्कीले विश्वासको मत प्राप्त गर्न राखेको प्रस्ताव बहुमतले पारित भएको सभामुख अम्बरबहादुर बिष्टले घोषणा गरे । प्रस्तावको विपक्षमा शुन्य मत प्राप्त भएको उनले सभालाई जानकारी दिए । त्यस्तै मत विभाजन कार्यमा ६२ जना सांसद उपस्थि...

आर्थिक
एक्यानमा यादव र तिम्सिना
उद्घोष सम्वाददाता ३१ वैशाख २०८१, सोमवार

विराटनगर । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) को कोशी प्रदेश अध्यक्षमा सीए तीर्थ यादव र मोरङ शाखाको अध्यक्ष पदमा सीए सुरज तिम्सिना चयन भएका छन् ।  एक्यानको शनिबार विराटनगरमा सम्पन्न निर्वाचनमा  एक्यान कोशी प्रदेशको पाँच सदस्यीय समितिको सचिवमा सीए गुल्सनराज शर्मा, कोषाध्यक्ष सीए श्रीप्रसाद निरौला र सदस्यद्वयमा किञ्जल पोखरेल र रुपा अग्रवाल चयन भएका छन् ।  यस्तै आठ सदस्यीय एक्यान मोरङको उपाध्यक्षमा सीए काशीकुमार शाह, सचिव सीए अनन्त काफ्ले, कोषाध्यक्ष सीए सरोज दवाडी र चार सदस्यहरुमा सीए समीर निरौला, सीए विवेक सुवेदी, सीए मणिशंकर देव र सीए वत्सला लोहिया सर्वसम्मत भएका छन...

शिक्षा
शिक्षा अधिकृतहरूलाई क्षमता विकास तालिम
उद्घोष सम्वाददाता १ जेठ २०८१, मङ्गलवार

विराटनगर । झापा, मोरङ, सुनसरी र उदयपुरका स्थानीय तहहरूमा कार्यरत शिक्षा अधिकृतलाई क्षमता विकाससम्बन्धी दुई दिने तालिम प्रदान गरिएको छ ।  सामाजिक विकास मन्त्रालय कोशी प्रदेश र शिक्षा विकास निर्देशनालय धनकुटाको आयोजनामा इटहरीमा मंगलबारदेखि तालिम सुरु भएको जनाइएको छ । तालिममा झापा, मोरङ, सुनसरी र उदयपुरका शिक्षा अधिकृतहरूको सहभागी छन् । तालिममा शिक्षासम्बन्धी नीतिगत तथा कानुनी प्रावधानहरू, ७५ प्रतिशत बढुवा, कम्प्युटर शीप, कार्य सम्पादन मुल्यांकन, स्थानीय तहबाट हुने कार्य लगायतका विषयमा तालिम दिएको जनाइएको छ । तालिममा शिक्षा विकास निर्देशनालय धनकुटाका अधिकृत ईश्वरीप्रसाद ओझा, पूर्व श...

स्वास्थ्य
चार सयभन्दा बढीको उपचार
उद्घोष सम्वाददाता १ जेठ २०८१, मङ्गलवार

विराटनगर । विराटनगर महानगरपालिकाले वडा नम्बर ५ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा आयोजना गरेको एकीकृत विशेषज्ञ स्वास्थ्य शिविरमा चार सयभन्दा बढीले सेवा लिएका छन् ।  निःशुल्क एकीकृत स्वास्थ्य शिविरमा ४ सय २० जनाले सेवा लिएको स्वास्थ्य महाशाखाका स्वास्थ्य अधिकृत मानिकचन भगतले जानकारी दिए । जसमा १ सय ६२ जना फिजिसियन, ७१ जना हाडजोर्नी, ३१ जना बालरोग, ५४ जना छाला रोग, ७४ जना स्त्री तथा प्रसूति रोग, ५५ जना भिआईए जााच, १२२ जनाको भिडियो एक्सरे, ६५ जनाले इसीजी सेवा लिएका छन् । त्यस्तै १० जना क्षयरोग पहिचान भएको उनले बताए ।  महानगरले १९ वटै वडामा एकीकृत विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन...

खेलकुद
महिला भलिबलको उपाधि सुन्दरहरैंचाले जित्यो
उद्घोष सम्वाददाता ३० वैशाख २०८१, आइतवार

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिताको फाइनल खेलको उपाधि सुन्दरहरैंचा नगरपालिकाले जितेको छ । नगर खेलकुद विकास समितिद्वारा सुकुना माविको खेल मैदानमा आयोजित शनिबारको महिला भलिबलमा लेटाङ नगरपालिकालाई पछि पार्दै सुन्दरहरैंचाले ३ सेटमा उपाधि उचालेको हो । सुन्दरहरैंचाले लेटाङलाई पहिलो सेटमा २५–१० र दोस्रो सेटमा २५–१४ साथै तेस्रो सेटमा २५–१५ ले पराजित गरेको थियो । खेलमा रतुवामाई नगरपालिका तेस्रो भएको छ । मोरङ जिल्लाको ८ वटा पालिकाको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिम सुन्दरहरैंचा नगरपालिकाले रू ६७ हजार...

साहित्य
‘विराट वाङ्मय उत्सव’ सम्पन्न
उद्घोष सम्वाददाता २९ वैशाख २०८१, शनिवार

विराटनगर । विराटनगर महानगरपालिकाको प्रवर्द्धन तथा आरोहण गुरुकुलको आयोजनामा दुईदिने विराट वाङ्मय उत्सव सम्पन्न भएको छ ।  उत्सवको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले शुक्रबार उद्घाटन गरे । विराटनगरसहित कोशी प्रदेशको भाषा, साहित्य, संस्कृति र कलालाई जोड्ने उद्देश्यका साथ उत्सव सुरु भएको आयोजक संस्थाका अध्यक्ष भैरव क्षेत्रीले जानकारी दिए । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले भौतिक विकाससागै भाषा, साहित्य, संस्कृति र कलाको विकासमा महानगरपालिकाले काम गरिरहेको सुनाए । ‘विराटनगर महानगरपालिकाले भौतिक विकाससागै भाषा, साहित्य, कला र संस्कृतिको विकासलाई पनि ध्यान दिएको...

वातावरण
कोशीका केही स्थानमा भारी वर्षा हुने
रासस ३० वैशाख २०८१, आइतवार

काठमाडौँ, ३० वैशाख । हाल देशमा पश्चिमी र स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले भारतको उत्तरप्रदेशदेखि पश्चिम बङ्गालसम्म रहेको निम्नचापीय क्षेत्रको पनि प्रभाव रहेको बताएको छ । विभागका अनुसार हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।  कोशी, मधेस, बागमती, गण्डकी लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाउँ...

मनोरञ्जन
नृत्य निर्देशक संघको पदस्थापन
उद्घोष सम्वाददाता ३१ वैशाख २०८१, सोमवार

सुन्दरहरैंचा । नृत्य निर्देशक संघ कोशी प्रदेशको अध्यक्षमा वरिष्ठ नृत्य निर्देशक राजु बस्नेत चयन भएका छन् । अध्यक्ष बस्नेतसहित निर्वाचित समितिको प्रदेश एवम् जिल्लाको एकसाथ पदस्थापन पनि सम्पन्न भएको छ । संघको कोशी प्रदेश उपाध्यक्षमा ईश्वरीप्रसाद सिग्देल, देवराज खड्का, विमल नेपाल, सचिवमा लालबहादुर शंकर, सहसचिवमा मिथुन ठाकुर, कोषाध्यक्षमा गीता पौडेल, सहकोषाध्यक्षमा मनोज राजवंशी चयन भएका छन् । यस्तै सदस्यमा सन्तोष मगर, अमृत खड्का, राजु गिरी, तेज मगर, विशाल रसाइली, रमन दाहाल सुमन योगी चयन भएका छन् । यसैबीच पदस्थापन कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईंले...

अन्तर्राष्ट्रिय
पाकिस्तानमा एकसाता परेको चट्याङ र वर्षाका कारण ४१ जनाको मृत्यु
उद्घोष सम्वाददाता ३ वैशाख २०८१, सोमवार

लाहोर, ३ वैशाख । पाकिस्तानमा शुक्रबारदेखि आइतबारसम्ममा चट्याङ, हावाहुरी र बर्षाका कारण कम्तीमा ४१ जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार जानकारी दिएका छन् । मृतकमध्ये २८ जनालाई चट्याङ लागेको थियो ।  पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले आगामी दिनमा थप वर्षा हुने भएकाले पहिरो र आकस्मिक बाढीको चेतावनी दिएको छ । पाकिस्तानको सबैभन्दा ठूलो र बढी जनसङ्ख्या भएको प्रान्त पञ्जाबमा शुक्रबारदेखि आइतबारसम्म चट्याङ लागेर २१ जनाको मृत्यु भएको छ । ’मैले एनडीएमएलाई प्रान्तहरूसँग समन्वय गर्न भनेको छु र एनडीएमएले क्षति भएका क्षेत्रहरूमा राहत सामग्री हरू प्रदान गर्न, &l...

प्रविधि
विराटनगरमै विद्युतीय गाडीको कारखाना खोल्न टिकाराम पुरीले गरे चाइनामा सम्झौता
उद्घोष सम्वाददाता १७ वैशाख २०८१, सोमवार

विराटनगर । विराटनगरमै विद्युतीय गाडीको कारखाना खोल्नका लागि विराटनगरकै उद्यमी टिकाराम पुरीले सोमबार चाइना पुगेर सम्झौतामा हस्ताक्षर गरेका छन् । उनले नेपालमा विद्युतीय सवारी साधनको बढ्दो आकर्षणलाई ध्यानमा राख्दै सबै प्रकारका चारपाङ्ग्रे सवारी साधन उत्पादन गर्ने कारखाना खोल्न चिनियाँ कम्पनीसँग सम्झौता गरेका हुन् ।  एक वर्षभित्र विद्युतीय सवारी साधन उत्पादन गर्ने तयारीका साथ कोशी एनके मोटर्स प्रालिका अध्यक्ष रहेका पुरीले चाइनाको स्यामन गोल्डेन ड्रागन अटो बडी कम्पनी लिमिटेडसँग सम्झौतामा हस्ताक्षर गरेका हुन् । चाइनाको फुजियान प्रान्तमा रहेको उक्त अटो बडी कम्पनीसँग स्थानीय ज्योतिष शास्...

विचार
सबैको ध्यान इलाम २ मा
डीपी ढुंगेल १० वैशाख २०८१, सोमवार

लोकतन्त्रको सुन्दर पक्ष आवधिक निर्वाचन हो । जनताद्वारा छानिएका जनप्रतिनिधिले देश सञ्चालन गर्ने अन्तर्राष्ट्रिय विधि नै लोकतन्त्रको विशेषता हो । कोशी प्रदेशको इलाम जिल्ला निर्वाचन क्षेत्र नम्बर २ मा यही वैशाख १५ गते उपनिर्वाचन हुँदैछ । विसं २०७९ सालको संसदीय निर्वाचनबाट निर्वाचित पूर्व सभामुख सुवासचन्द्र नेवाङको देहान्तपछि इलाम क्षेक्र नम्बर २ रित्त थियो । निर्वाचन आयोगको कार्यालयले यही वैशाख १५ गतेका लागि उपनिर्वाचनको मिति तोकिसकेको छ । जसले गर्दा अहिलेको राजनीति इलाम क्षेत्र  नम्बर २ मा तातेको छ । इलाममा यतिखेर २० राजनीतिक दलहरु तथा अन्य स्वतन्त्र उम्मेदवारहरु चुनावी प्रचारपचारमा व्यस...

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved