Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
शिक्षा

त्रिवि सेवा आयोगमा प्राडा भट्टराई नियुक्त

उद्घोष सम्वाददाता
५ जेठ २०८१, शनिवार

विराटनगर । त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले त्रिवि सेवा आयोगको सदस्यमा प्राडा अजय भट्टराईलाई नियुक्त गरेका छन् । महेन्द्र मोरङ क्याम्पस रसायनशास्त्रका विभागीय प्रमुख प्राडा भट्टराईलाई प्रधानमन्त्री समेत रहेका कुलपति दाहालले सो पदमा नियुक्त गरेका हुन् ।  

छनोट समितिले सदस्य नियुत्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले गरेको सिफारिसका आधारमा कुलपतिले उनलाई सदस्य नियुक्त गरेका हुन् । भट्टराईको नाम सिफारिस समिति पहिलो अंकमा राखेर कुलपतिकोमा सिफारिस गरेको थियो ।

प्राडा भट्टराई त्रिभुवन विश्वविद्यालय उत्कृष्ट अनुसन्धान पुरस्कार २०८० बाट पुरस्कृत व्यक्ति हुन् । उनका सय भन्दा बढी अनुसन्धानमुलक लेखहरू विश्वका उच्चस्तरका जर्नलहरुमा प्रकाशित छन् । 

प्राडा भट्टराई बह्माकुमारी राजयोग केन्द्र (ओम शान्ति) का प्रशिक्षक पनि हुन् । 

सिफारिस समितिले वैशाखको ७ र ८ गते आवेदकहरूलाई प्रस्तुतीकरण सहितको अन्तर्वार्ता गरेको थियो । जसमा प्राडा भट्टराईसहित प्राडा खगेन्द्रप्रसाद लुईंटेल, प्राडा राजनारायण यादव, प्राडा मुकुन्दप्रसाद क्षेत्री, प्राडा लालप्रसाद अम्गाईं, प्राडा सञ्जय आचार्य, प्राडा ज्ञानबहादुर थापा र प्राडा नवराज कट्टेलले प्रस्तुतीकरण सहितको अन्तर्वार्ता दिएका थिए ।

उनीहरूको प्रस्तुतीकरणपछि सिफारिस समितिले केही दिनअघि कुलपति समक्ष सिफारिस गरेको थियो । रिक्त सदस्य पदका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २०८० चैत १८ गते आवेदन माग गरेको थियो । यसअघि सिफारिस गरेर अनुकुलका प्राध्यापकलाई नियुक्त गर्ने प्रचलन रहेकोमा यस पटक भने खुला प्रतिस्पर्धाबाट सदस्य नियुक्त गरिएको बताइएको छ ।

View : 400

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved