विराटनगर । कोशी प्रदेश सरकारका नवनियुक्त मुख्यन्यायाधिवक्ता नारायण वस्तीले पद तथा गोपनियताको सपथ लिएका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको धारा १६० को उपधारा (२) बमोजिम वस्तीलाई बिहीबार मुख्यन्यायाधिवक्तामा नियुक्त गरेका थिए ।
विराटनगर महानगरपालिका–४ का अधिवक्ता वस्तीलाई उच्च अदालत विराटनगरका मुख्यन्यायाधीश रमेश प्रसाद राजभण्डारीले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।
प्रदेश प्रमुखको कार्यालयमा आयोजित सपथ ग्रहण कार्यक्रममा प्रदेश प्रमुख परशुराम खापुङ्गको उपस्थिति रहेको थियो । नवनियुक्त मुख्यन्यायाधिवक्ता वस्तीले बिहीबार नै पद बहाली गरेका छन् ।
View : 251
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved