विराटनगर । मोरङ व्यापार संघका पूर्वअध्यक्ष प्रकाश मुन्दडालाई मातृशोक परेको छ । उनकी आमा जमुनादेवी माहेश्वरी मुन्दडाको बिहीबार साँझ साढे ८ बजे निधन भएको छ ।
देवेनरा ग्रुपका अध्यक्ष देवकिशन मुन्दडाकी धर्मपत्नी ७६ वर्षीया जमुनादेवी लामो समयदेखि पेटको क्यान्सर रोगबाट ग्रसित थिइन् ।
उनको विराटनगर–७ स्थित पं मेघराज शर्मा मार्गस्थित निवासमा निधन भएको हो ।
उनका चार छोरी र एक छोरा प्रकाश हुन् ।
उनको पार्थिव शरिरलाई शुक्रबार दिउँसो सुनसरीको चतरास्थित घाटमा अन्तिम संस्कार गरिने परिवारले जनाएको छ ।
View : 265
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved