Biratnagar, Morang, Nepal
८ जेठ २०८२, बिहिवार
+977 21 450305, 515728, 578305
विचार

महेन्द्र मोरङ क्याम्पसको महत्वाकांक्षी योजना

शैक्षिक उत्कृष्टता र विकासको मार्गचित्र

महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको आगामी आर्थिक वर्ष २०८२–८३ को कुल बजेट ४४ करोड १२ लाख २५ हजार रुपैयाँ प्रस्ताव गरिएको छ । जसमध्ये त्रिविबाट ११ करोड ९४ लाख ७ हजार, आन्तरिक तथा नियमित कार्यक्रमबाट १९ करोड ६८ लाख १८ हजार र विभिन्न निकायबाट १२ करोड ५० लाख अनुदान अपेक्षा गरिएको छ ।
डा मोहनकुमार सुवेदी
६ जेठ २०८२, मङ्गलवार

कोशी प्रदेशको एक अग्रणी तथा ऐतिहासिक शैक्षिक संस्था, महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसले उच्च शिक्षामा आम नागरिकको पहुँच विस्तार गर्दै प्राज्ञिक उत्कृष्टता हासिल गर्ने लक्ष्यका साथ आगामी पाँच वर्षका लागि महत्वाकांक्षी योजना र बजेट पारित गरेको छ । क्याम्पस व्यवस्थापन समितिले हालै आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रम र बजेट स्वीकृत गरेको हो, जसको मुख्य प्राथमिकता गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्रक्रियालाई यसै आर्थिक वर्षभित्र टुङ्गोमा पुर्‍याउनु रहेको छ ।

पूर्वाधार विकासमा जोड
क्याम्पसका पुराना संरचनाहरूको मर्मतसम्भार र संरक्षणलाई विशेष प्राथमिकता दिएको छ । हरेक वर्ष कम्तीमा एउटा नयाँ संरचना थप गर्ने वा सुधार गर्ने अवधारणासहित आगामी आर्थिक वर्षको अन्त्यसम्ममा कम्तीमा एउटा शैक्षिक भवन र आईटी (सूचना प्रविधि) भवन निर्माणका लागि सङ्घीय सरकार, त्रिभुवन विश्वविद्यालय (त्रिवि) र प्रदेश सरकारसँग पहल गरिने बजेटमा उल्लेख छ । हालै निर्माण सम्पन्न भएको नयाँ बीबीए भवनमा पठनपाठन सुरु गर्न आवश्यक फर्निचर, ल्यापटप, प्रोजेक्टर, जेनेरेटरलगायतका सामग्रीका लागि पनि बजेटमा विनियोजन गरिएको छ ।

अनुसन्धान र प्रविधिमैत्री शिक्षाको प्रवर्द्धन
दीर्घकालीन र गुणस्तरीय विकासका लागि महेन्द्र मोरङ क्याम्पसले अध्ययन अनुसन्धानलाई उच्च प्राथमिकतामा राखेको छ । क्याम्पसको अनुसन्धान एकाईलाई सक्रिय, पूर्णकालीन र प्रविधिमैत्री रिसर्च म्यानेजमेन्ट सेल (आरएमसी) को रूपमा विकास गर्नेछ । यस सेलको अगुवाइमा अंग्रेजी भाषा, एसपीएसएस डाटा एनालाइसिस सफ्टवेयर तालिम, कम्प्युटर तालिमलगायतका नन–क्रेडिट कोर्स सञ्चालन गरिनेछ ।
वर्तमान सूचना प्रविधिको युगमा क्याम्पसका सम्पूर्ण गतिविधिहरूको नियमित रिपोर्टिङका लागि ईएमआईएस (एजुकेशन म्यानेजमेन्ट इन्फरमेसन सिस्टम अर्थात् शिक्षा व्यवस्थापन सूचना प्रणाली) युनिट गठन गरी सबै सूचना र तथ्याङ्कलाई अनलाइन गर्ने तथा रिपोर्ट प्रकाशन गर्ने नीति अख्तियार गरिएको छ । यसले पारदर्शिता कायम गर्न मद्दत गर्ने र वार्षिक प्रतिवेदन, बजेट किताब, ब्लग रिपोर्ट तथा बुलेटिन जस्ता नियमित प्रकाशनहरू व्यवस्थित गर्नेछ ।
शैक्षिक गुणस्तर र नवप्रवर्तनमा प्रोत्साहन
उच्च शिक्षालाई अनुसन्धानमूलक बनाउन क्याम्पसका शैक्षिक जर्नलहरूलाई अनुसन्धानमुखी र विश्वसनीय बनाइनेछ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक जर्नलमा प्रकाशित लेखहरूलाई ‘आरएमसी’ मार्फत सहयोग पुर्‍याउने बजेटमा प्रस्ताव गरिएको छ । अनलाइन कम्प्युटराइज्ड लेखाप्रणाली, डिजिटल तथा ओपन एक्सेस पुस्तकालय र विद्यार्थी अभिलेखलाई अनलाइन तथा स्वचालित (अटोमेशन) बनाउने कार्यलाई पनि प्राथमिकता दिइएको छ ।
आत्मनिर्भर कार्यक्रमहरूको फ्रशासनिक, आर्थिक, खेलकुद, अतिरिक्त त्रियाकलाप, व्यवस्थापकीय तथा शिक्षक छनोट, शैक्षिक भ्रमण एवं समारोह सञ्चालन व्यवस्था आदि विषय समेटिएको एक एकीकृत आन्तरिक कार्यविधि बनाई तत्काल लागू गर्ने व्यवस्था मिलाइनेछ ।

विद्यार्थी कल्याण र भौतिक सौन्दर्यकरण
विद्यार्थी कल्याण कार्यक्रम अन्तर्गत अब उप्रान्त विभिन्न संकायका आत्मनिर्झर कार्यक्रमहरूले छुट्टाछुट्टै खेलकुद कार्यत्रम आयोजना नगरी एकैसाथ एकीकृत खेलकुद सप्ताह सञ्चालन गरिनेछ । यसका लागि विद्यार्थी कल्याण तथा खेलकुद शाखा र स्ववियुको संयुक्त समन्वयमा बजेट खर्च हुनेछ ।

स्वच्छ शैक्षिक वातावरणका लागि सफा तथा सुन्दर क्याम्पसको अवधारणालाई अगाडि बढाउन विद्यार्थीलाई समेत सामूहिक आवधिक सरसफाइ अभियानमा जोड्ने तथा उपयुक्त प्रणाली विकास गरी क्याम्पसलाई नियमित सरसफाइ हुनेछ । यस वर्षबाट यसका लागि बजेट प्रस्ताव गरेको छ ।

विभागीय सुदृढीकरण र शिक्षकको क्षमता विकास
क्याम्पसका विभिन्न विभागहरूको भौतिक र शैक्षिक स्तरवृद्धिका लागि सबै विभागमा विभागीय पुस्तकालय, सदस्यहरू बस्ने व्यवस्थासहितको विभागीय कक्ष स्थापना गरिनेछ । विभागाध्यक्षहरूको दैनिक सक्रियताका लागि आवश्यक व्यवस्थापन गर्दै उनीहरूले मासिक रूपमा शिक्षकहरूको कक्षागत क्रियाकलापको लगबुक प्रमाणित गरी संकायमा पेश गर्ने व्यवस्था मिलाइनेछ ।
शिक्षण कार्यलाई थप व्यवस्थित गर्न सबै विषयगत शिक्षकहरूलाई वार्षिक कार्ययोजना (लेसन प्लान) तयार गर्न लगाइनेछ । सम्पूर्ण संकाय र कार्यक्रमहरूको तालिका समेटेर एकीकृत एकेडेमिक क्यालेन्डर तयार गरिनेछ । साथै, क्यूएएका लागि आवश्यक पर्ने पूर्व विद्यार्थीहरूको रोजगार अवस्थाको आकलन (ट्रेसर स्टडी) गर्न बजेट प्रस्ताव गरिएको छ ।

पूर्वाधार विस्तार र दिगो समाधान
वातावरणीय प्राथमिकता अन्तर्गत क्याम्पसको रङरोगन, अल्मुनाई (पूर्व विद्यार्थी संगठन) को सहयोगमा पानीको फोहरासहितको हरियाली पार्क निर्माण र डिजिटल तथा अनलाइन सुविधासहितको पुस्तकालयको आधुनिकीकरणका लागि बजेट प्रस्ताव गरिएको छ ।

क्याम्पसमा स्वच्छ खानेपानीको दिगो व्यवस्थापनका लागि ट्याङ्की निर्माण गर्न प्रदेश सरकारसाग सहकार्य गरिनेछ । आन्तरिक बाटोघाटोको व्यवस्थापन र निर्माणका लागि महानगरपालिकासँग सहकार्य गरिनेछ । पुरानो र जीर्ण पार्किङ स्थललाई विशेष व्यवस्थापन गरी दिगो समाधान गरिनेछ ।

जनशक्ति व्यवस्थापन र उत्प्रेरणा
स्थायी प्राध्यापक तथा कर्मचारी घट्दै गएको वर्तमान अवस्थामा कार्यरत आंशिक तथा ज्यालादारी शिक्षक कर्मचारीहरूमध्ये कार्यभार फुगेका व्यक्तिहरूलाई त्रमशः दरबन्दीमा ल्याउन पहल गरिने बजेटमा उल्लेख छ । वार्षिक रूपमा कम्तीमा २० प्रतिशत शिक्षक कर्मचारीलाई क्रिविको स्वीकृति लिई दरबन्दीमा नियुत्त गर्न सके उत्प्रेरणामा वृद्धि भई शैक्षिक गुणस्तरमा टेवा पुग्ने विश्वासका साथ आगामी वर्षको बजेटमा अतिरिक्त कक्षा खर्चमा थप रकम प्रस्ताव गरिएको छ ।

क्यूएए र दीर्घकालीन योजनाको कार्यान्वयन
आगामी वर्षको प्रमुख प्राथमिकतामा रहेको (क्यूएए)  प्राप्तिका लागि सम्बन्धित १२० वटा कार्यहरू र सूचकहरू सुधार गर्न पर्याप्त बजेट प्रस्ताव गरिएको छ । स्टाफसहितको क्यूएए  एकाई व्यवस्थापन गर्ने प्रस्ताव गरिएकोले आगामी वर्ष क्यूएए  प्रमाणपत्र प्राप्त हुने अपेक्षा गरिएको छ ।
क्याम्पसले २०८२–८७ का लागि तयार गरेको रणनीतिक योजना तथा पचास वर्षे मास्टर प्लान (गुरुयोजना) लाई यसै वर्षदेखि कार्यान्वयनमा ल्याई सोही अनुसार निर्माण गतिविधि सञ्चालन गरिनेछ । यसले क्याम्पसमा पहिलो पटक रणनीतिक योजना तथा मास्टर प्लानको कार्यान्वयन सुरु भएको छ ।

विद्यार्थी संलग्नता र बाह्य सम्बन्ध विस्तार
मेधावी विद्यार्थीहरूलाई क्याम्पसका क्रियाकलाप र गुणस्तरीयता अभियानमा संलग्न गराउन ‘स्टुडेन्ट क्वालिटी सर्कल’ गठन गर्ने योजना अगाडि सारिएको छ । ‘स्टुडेन्ट कर्नर तथा प्लेसमेन्ट सेल’ निर्माण गरी सक्रिय गराउने तथा बाह्य सरोकारवालाहरूसाग सहकार्य बढाउन विस्तारित गतिविधिहरू सञ्चालन गरी सामाजिक उक्तरदायित्वमा समावेश हुने कार्यत्रमहरू पनि छन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्ने गरी अल्मुनाई सञ्जाल निर्माण र सञ्चालन गर्न बजेट प्रस्ताव गरिएको छ, जसले नेटवर्किङ बढाउने अपेक्षा गरिएको छ । यसका साथै, स्वास्थ्य केन्द्र, छात्रा कमनरुम, काउन्सेलिङ सेल, अल्मुनाई केन्द्र तथा पब्लिक इन्फरमेशन सेलको स्थापना तथा सञ्चालनलाई प्राथमिकतामा राखिएको छ ।

सूक्ष्म व्यवस्थापन र बजेट विनियोजन
मास्टर प्लान अनुसार डीपीआर बनाउने कार्य, मूल प्रवेशद्वार नजिक मास्टर प्लान नक्साङ्कन बोर्ड राख्ने कार्य, प्रशासनिक कार्यकक्ष, संकाय, कार्यक्रम तथा विभागहरूसम्म सहज पहुंचका लागि नक्सा, बाटोको सूचना तथा एरो राख्ने कार्य, र सबै कोठाको नयाँ नम्बरिङ, प्रशासनिक कार्यकक्ष, संकाय तथा विभागहरूको बोर्ड व्यवस्थापन गर्ने कार्य अगाडि बढाइनेछ ।
महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको आगामी आर्थिक वर्ष २०८२–८३ को कुल बजेट ४४ करोड १२ लाख २५ हजार रुपैयाँ प्रस्ताव गरिएको छ । जसमध्ये  त्रिविबाट ११ करोड ९४ लाख ७ हजार, आन्तरिक तथा नियमित कार्यक्रमबाट १९ करोड ६८ लाख १८ हजार र विभिन्न निकायबाट १२ करोड ५० लाख अनुदान अपेक्षा गरिएको छ । कुल खर्चमध्ये नियमित सञ्चालन, आन्तरिक कार्यक्रम सञ्चालन, पुँजीगत खर्च, केन्द्रीय कार्यालय पठाउने खर्च र जगेडा कोष समावेश छन् । निर्माण तथा सञ्चालन खर्चमा अपुग रकम १ करोड २९ लाख ८७ हजार यस वर्ष जगेडा कोषबाट बेहोरिने व्यवस्था मिलाइएको छ ।

अन्त्यमा, महेन्द्र मोरङ क्याम्पसको सर्वाङ्गीण विकासका लागि सरकार, त्रिवि, अल्मुनाई एवं सम्पूर्ण सरोकारवालाहरू एकैसाथ लागेर (क्यूएए)  प्राप्ति एवं क्याम्पसले तयार गरेको २०८२–८७ को रणनीतिक योजना तथा पचास वर्षे मास्टर प्लानलाई लागू गर्न सके यो ऐतिहासिक क्याम्पसले पुनर्जीवन पाउने विश्वास व्यक्त गरिएको छ ।

(डा सुवेदी महेन्द्र मोरङ क्याम्पस बजेट तर्जुमा समितिका संयोजक हुन् ।)
 

View : 636

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved