सुनसरी । इटहरी–२ स्थित माया घरमा बिद्युतीय अटो टेम्पो र खाद्यान्न सामग्री हस्तान्तरण गरिएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीको समन्वयमा माया घर नेपाल इटहरीका संरक्षक सुभद्रा प्याकुरेलको अध्यक्षता तथा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीको उपस्थितिमा अटो टेम्पो र खाद्यान्नका सामग्रीहरु हस्तान्तरण गरिएको हो ।
हस्तान्तरण कार्यक्रममा बजाज सोरुम इटहरीका प्रवन्धक प्रदिप सन्थालिया र व्यवस्थापक जयन्त सन्थालिया, कोशी प्रदेश प्रहरी गण विराटनगरका प्रहरी उपरीक्षक रुकेश तन्डुकार, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिना लगायतको सहभागिता थियो ।
View : 59
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved