विराटनगर । साहित्य दिवसको अवसरमा विराटनगर–११ निवासी साहित्यकार एवम् पत्रकार कृष्णराज कोइरालालाई सोमबार सम्मान गरिएको छ । विराटनगर– ११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपाने, समकालीन साहित्य चौतारीका सञ्चालक प्रमोद ढकाल, विराट साहित्य संगमका अध्यक्ष रामबाबु दाहाल, खोटाङ साहित्य संगमका साहित्य बिभाग प्रमुख रोहिणी रसिक, झोराहाट नाट्य प्रतिष्ठानका अध्यक्ष भरत गुरागाई, चारु साहित्य प्रतिष्ठानका देवी पन्थीले कोइरालालाई सम्मान गरेका हुन् ।
विसं २०१७ देखि साहित्यमा निरन्तर कलम चलाउँदै आएका कोइरालालाई नयाँ वर्ष २०८२ को अवसरमा सोमबार सम्मान गरिएको हो । विराटनगर–११ अल्का मार्गस्थित कोइराला निवासमा नै गएर सम्मान गरिएको थियो । कोइरालाको पहलमा नै सो क्षेत्रमा साहित्य क्षेत्रका सुमन पोखरेल, देवी पन्थी, मीनकुमार नवोदित, हरि बराल, माधव अधिकारी, दीपक सम्चू, स्तम्भकार रामसुन्दर राजवंशीको बसोबास छ । सो क्षेत्रमा नै स्व परशु प्रधान, स्व कृष्णराज चारघरेको समेतको बसोबास थियो ।
View : 638
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved