Biratnagar, Morang, Nepal
५ जेठ २०८२, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज

आव २०८२-०८३ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नका लागि सोमबार अपरान्ह ३ बजे बस्ने प्रदेश सभा बैठकको बोलाइएको छ ।
उद्‌घोष सम्वाददाता
५ जेठ २०८२, सोमवार

फाइल तस्वीर ।

विराटनगर । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२–०८३ को बार्षिक नीति तथा कार्यक्रम आज सोमबार प्रदेश सभामा पेश हुँदैछ । 

प्रदेश सभाको सातौं अधिवेशनको दोस्रो बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुख परशुराम खापुङ्गले प्रस्तुत गर्ने कार्यवाहक प्रदेश सभा सचिव गौतम राज अमात्यले जानकारी दिए ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्नका लागि सोमबार अपरान्ह ३ बजे बस्ने प्रदेश सभा बैठकको बोलाइएको छ । 

कोशी प्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारको बार्षिक नीति तथा कार्यक्रम प्रदेश सभामा पेश गर्ने निर्णय गरेको थियो ।

 

View : 45

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved