कलाकार प्रेम सुनाम सम्मानित
विराटनगर/ ईन्द्रेणी कला प्रतिष्ठान विराटनगरले आफ्नो पाँचौ स्थापना दिवसका अवसरमा सुमधुर सांगीतिक एवम् स्रष्टा सम्मान कार्यक्रमको आयोजना गरेको छ । शनिबार विराटनगरमा गरिएको सो कार्यक्रममा वरिष्ठ कलाकार प्रेम सुनामलाई नगद रकमसहित सम्मान गरिएको हो ।
साहित्य, संस्कृति र कलामार्फत आफूलाई चिनाएका सुनामले नेपालको कला र सस्कृतिलाई विश्वभर चिनाउनको लागिसमेत मुख्य भूमिका निर्वाह गरेकोमा उनलाई सम्मान गरिएको ईन्द्रेणी कला प्रतिष्ठानका अध्यक्ष एवम् वरिष्ठ गायक रामा मण्डलले जानकारी दिए ।
इन्द्रेणी कला प्रतिष्ठानका अध्यक्ष रामा मण्डलले गीत सङ्गीत र नृत्य क्षेत्रमा स्वदेश होस वा विदेश जहाँ हुँदा पनि प्रेम सुनामले नेपालको कला क्षेत्रमा ठूलो योगदान दिएको र उनलाई सम्मान गर्न पाउँदा आफू र आफ्नो सस्था गौरवान्वित भएको बताएका छन् ।
सम्मान ग्रहणपछि प्रेम सुनामले जीवनको अन्त्यसम्म पनि आफू निरन्तर कला क्षेत्रमा लागिरहने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा गायक नितिनचन्द्र गजुरेल , भानु कला केन्द्रकी संस्थापक माया पौडेल , साहित्यकार दिङ्लाली कान्छो, पूर्वाञ्चल विश्वविद्यालय एमफील तथा पीएचडी कार्यक्रम निर्देशक एवम् गीतकार डा जीवनकुमार ढकाल, चलचित्र निर्देशक केशव रायमाझी, गायक तथा कलाकार प्रवलदिप विश्वास, कलाकारहरु वैजनाथ ठाकुर, मनोज राजवंशी, नायक विनोद श्रेष्ठ, समीक्षा कार्की, विदुर ढुङ्गेल,वीरेन्द्रकुमार शाह, प्रमोद श्रेष्ठ, राधा कामत लगायतको उपस्थिति थियो ।
View : 267
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved