Biratnagar, Morang, Nepal
१९ चैत २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
अन्तर्राष्ट्रिय

म्यानमार भूकम्पमा परी ज्यान गुमाउनेको संख्या एक हजार नाघ्यो

उद्‌घोष सम्वाददाता
१६ चैत २०८१, शनिवार

म्यान्मा, १६ चैत । म्यान्मारको सागिङ सहरमा केन्द्रविन्दु भई म्यान्मा र थाइल्यान्डमा शुक्रबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या एक हजार नाघेको छ ।

भुकम्पमा परी हराइरहेकाहरुको खोजी तथा उद्धार कार्य जारी रहेको जनाइएको छ ।

मध्य म्यान्माको सागिङ सहरको उत्तरपश्चिममा शुक्रबार ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसको केही मिनेटमै ६.७ म्याग्निच्युडको पराकम्प आएको थियो ।

भूकम्पले म्यान्मामा भवन, पुल र सडकका साथै १७ लाखभन्दा बढी मानिसहरूको घरमा क्षति पुगेको जनाइएको छ ।

म्यान्मामा कम्तीमा एक हजार दुई जनाको मृत्यु भएको र करिब दुई हजार ४०० जना घाइते भएको म्यान्मा सरकारले विज्ञप्तिमा जनाएको छ ।

उक्त भूकम्पको कारण बैङ्ककमा थप १० जनाको मृत्यु भएको र कम्तीमा १०० जना हराइरहेको पुष्टि भएको छ ।

भुकम्पका कारण सञ्चार प्रणाली अवरुद्ध भएपछि, प्रकोपको वास्तविक तथ्याङ्क सरकारले सार्वजनिक गरिरहेको छ भने मृतकको संख्या अझै बढ्ने आशंका गरिएको छ ।

विमानस्थल तथा सडकहरु बन्द रहेकाले राहत तथा उद्धार सामाग्री पुर्याउने काममा समेत समस्या भइरहेको जनाइएको छ । 

(रासस/एएफपी)

View : 75

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved