Biratnagar, Morang, Nepal
८ जेठ २०८२, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

उद्योग परिसंघमा डिआइजी कार्की र प्राधिकरण निर्देशक सिंहको स्वागत

उद्‌घोष सम्वाददाता
७ जेठ २०८२, बुधवार

विराटनगर । नेपाल उद्योग परिसंघ(सीएनआई) कोशी प्रदेश समितिले कोशी प्रदेशमा सरुवा भएर आएका प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक (डिआइजी) ईश्वर कार्की र नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय विराटनगरका निर्देशक राजीव सिंहलाई स्वागत गरेको छ । सीएनआई कोशी प्रदेश समितिले मंगलबार आफ्नै कार्यालयमा बोलाएर स्वागत गरेको हो ।

सीएनआई कोशीका अध्यक्ष पवनकुमार सारडाले सीमा नाकामा कडाइ तथा अवैध कारोबार निरुत्साहित गर्ने गरी काम गर्न डिआइजी कार्कीलाई आग्रह गरे । 

उनले सारडाले पर्यटनको सम्भावना भएको प्रदेश भएकोले भारतबाट आउने पर्यटकहरूलाई सहजीकरण गर्न भूमिका खेलिदिन पनि आग्रह गरे ।

कार्यक्रममा सीएनआईका केन्द्रीय उपाध्यक्ष भीम घिमिरेले डिआइजी कार्की र निर्देशक सिंहलाई राजनीतिक दबाब र प्रभावबाट मुक्त भएर काम गर्न आग्रह गरे । 

निजी क्षेत्रको स्वागतपछि डिआइजी कार्कीले प्रदेशमा सबै क्षेत्रको सल्लाह सुझावअनुसार अघि बढ्ने बताए । उनले पर्यटकका लागि सहजीकरण गर्न नेपाल प्रहरीले सातवटा स्थानमा ‘हेल्प डेस्क’ राखेको जानकारी दिए ।

त्यसैगरी प्राधिकरणका कोशी प्रदेश निर्देशक सिंहले विद्युतको विकासशील मुलुकका लागि विद्युतकै अपरिहार्यता रहेको भन्दै कोशी प्रदेशका उद्योगी तथा व्यवसायीहरूलाई केही समस्या परेमा तत्काल समस्या समाधान गर्ने आश्वासन दिए ।

सीएनआई कोशीका प्रमुख सल्लाहकार महेश जाजु, वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडा लगायतका पदाधिकारी तथा सदस्यहरूले सफल कार्यकालका लागि शुभकामना दिएको सीएनआई कोशीका महानिर्देशक विजयहरि शर्माले जानकारी दिए ।

View : 79

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved