विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयमा दुई महत्वपूर्ण पद रजिष्ट्रार र सेवा आयोग अध्यक्ष रिक्त भएको छ ।
रजिष्ट्रार नीलमणि पोखरेलको बैशाख अन्तिम साता र सेवा आयोग अध्यक्ष महेशराज दाहालको चैत तेस्रो साता कार्यकाल सकिएकोले सो स्थान रिक्त भएको हो ।
विश्वविद्यालयको प्रशासनिक तथा शैक्षिक क्षेत्रको महत्वपूर्ण जिम्मेवारी बहन गर्नु पर्ने रजिष्ट्रार पदमा नयाँ नियुक्ति हुन सकेको छैन । यति मात्र होइन दुवै पदमा नयाँ नियुक्तिका लागि कुनै पक्रिया पनि सुरु भएको छैन ।
विश्वविद्यालयलाई आवश्यक कर्मचारी तथा प्राध्यापक भर्ना तथा बढुवाका लागि सेवा आयोगको भूमिका हुन्छ ।
सो दुवै पदका लागि पूविका कला, कानून, शिक्षा संकायका पूर्व डीनद्वय डा अनिल पोखरेल र डा शम्भु कोइराला, मोरङ क्याम्पसका पूर्व प्रमुख डा बाबुराम तिमल्सेना, त्रिविका पूर्व सहपरीक्षा नियन्त्रक प्रमुख डा उद्धव पोखरेल, सहप्राध्यापक शैलेन्द्र शिवाकोटी, पूविका पूर्व सहपरीक्षा नियन्त्रक बोधहरि आचार्य, पूवि व्यवस्थापन क्याम्पसका पूर्व प्रमुख दिनेशराज सुवेदीको नाम चर्चामा छ ।
रजिष्ट्रारका लागि पूर्व रजिष्ट्रार नीलमणि पोखरेल दोहिरिने पनि चर्चा छ । यसका साथै पोखरेल अघिकी रजिष्ट्रार प्रमिला थापाको पूविको प्रशासनिक कार्यालय भवनमा ओहोरदोहार र कार्यक्रमा पनि बाक्लो उपस्थितिले उनको पुनः रजिष्ट्रारमा नियुक्ति हुने चाहना बढेको संकेत दिएको बताइन्छ ।
View : 840
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved