Biratnagar, Morang, Nepal
८ जेठ २०८२, बिहिवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

पूर्व बैंक कर्मचारीका लागि ध्यान शिविर सम्पन्न

उद्‌घोष सम्वाददाता
८ जेठ २०८२, बिहिवार

विराटनगर । राष्ट्रिय वाणिज्य बैंक पूर्व कर्मचारी संघ पूर्वाञ्चल क्षेत्रीय समिति विराटनगरले  गणेश पुस्तकालय तथा वाचनालय योग साधना केन्द्र तीनटोलिया, विराटनगर–१० मा एक दिवसीय ध्यान शिविर आयोजना गरेको छ ।
शिविरमा पूर्व कर्मचारी संघका सदस्यहरूलगायत अन्य इच्छुक व्यक्तिहरू सहभागी थिए ।

यस किसिमको ध्यान शिविरले शारीरिक तथा मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ ।  सहभागीहरुलाई योग प्रशिक्षक राजुचन्द्र दाहालले योगका केही आसन, प्राणायाम गराउनका साथै विपस्यना ध्यान पनि गराएका थिए । 

 

View : 58

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved