विराटनगर । विराटनगरस्थित मेरिल्याण्ड कलेजले व्यवस्थापन संकायतर्फ कक्षा १२ का विद्यार्थीहरूको विदाई गरेको छ । शुक्रबार सिटी प्यालेसमा कलेजको व्यवस्थापन संकायका ७१३ जना विद्यार्थीहरूलाई विदाई गरेको हो ।
कलेजका संस्थापक गुणराज ढुंगेलले कक्षा १२ को परीक्षा दिएका विद्यार्थीहरूलाई कलेजले विदाई गरेको बताउँदै जहाँ विद्यार्थीहरूको आगामी उज्वल भविष्यको कामना गरेका थिए । उनले जहाँ पुगेपनि मेरिल्याण्ड कलेजलाई स्मरण गर्दै अझ धेरै प्रगति गर्न आग्रह गरे ।
कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले विद्यार्थीहरूको हितलाई सँधैभरी ध्यान दिएर अध्यापन गरेका कारण नजितामा पनि कलेज उत्कृष्ट रहेको बताए । कलेजले आगामी शैक्षिक सत्रदेखि विज्ञान संकायको समेत अध्यापन सुरु गर्न लागेको जानकारी दिए ।
कलेजका निर्देशक भेषराज पोखरेलसहित प्राध्यापक डा. पिके झा, डा.मनोज गुप्ता लगायतले विद्यार्थीहरूलाई शुभकामना दिएका थिए । सोही अवसरमा विद्यार्थीहरूले गीत संगीतका माध्यमबाट मनोरञ्जन गरेका थिए ।
View : 257
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved