कोशी प्रदेश सभाका सांसदहरु सवार गाडी ।
विराटनगर । कोशी प्रदेश सभाका चारजना सांसदहरू सवार गाडी दुर्घटना भएको छ ।
झापाबाट विराटनगर जाँदै गरेको प्रदेश सभा सदस्यहरू सवार बिएई १४०६ नम्बरको गाडी र बा ५ च ३५२० नम्बरको अर्को गाडी ठोक्किएर दुर्घटना भएको जनाइएको छ ।
दुर्घटनामा कोशी प्रदेश सभाका सांसदहरू नम्बरलाल धिमाल, राधाकृष्ण खनाल, मैयाँ श्रेष्ठ र विद्या चाम्लिङ घाइते भएका छन् ।
उनीहरू सोमबार अपरान्ह ३ बजे प्रदेश सभामा कोशी प्रदेश सरकारको आर्थिक वर्ष २०८२/०८३ को बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत हुने भएकोले बैठकमा सहभागी हुन झापाबाट विराटनगर आउने क्रममा दुर्घटना भएको जनाइएको छ ।
श्रेष्ठ नेपाली काँग्रेसकी समानुपातिक सांसद हुन । खनाल झापाको निर्वाचन क्षेत्र नम्बर ४ को प्रदेश सभा (१) बाट निर्वाचित र धिमाल एमालेकै समानुपातिक सांसद हुन् । चाम्लिङ भने नेकपा एसकी प्रमुख सचेतक हुन् ।
सांसदहरुको गाडीमा ठोक्किएको अर्को गाडी भने जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक खगेन्द्र खड्का सवार रहेको खुलेको छ । सांसद चढेको गाडी भने दमक नगरपालिका-१ का भेषराज श्रेष्ठले चलाएको प्रहरीले जनाएको छ ।
View : 890
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved