झापा । झापाको इलाका प्रहरी कार्यालय अनारमनीले मोटरसाइकल र टेम्पो चोरीमा संलग्न चार जनालाई चोरीको मोटरसाइल तथा अटो टेम्पोसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बिर्तामोड नगरपालिका–३ घर भई हाल कनकाई नगरपालिका–६ बुद्धचोक बस्ने २८ वर्षीय रञ्जित राजवंशी, २६ वर्षीय प्रदिप राजवंशी, २० वर्षीय कुमार राजवंशी र बिर्तामोड–७ का २७ वर्षीय जागिर छन् ।
झापाका बिभिन्न स्थानमा मोटरसाइकल चोरी भएको भन्ने निवेदनपछि सक्रिय बनेको प्रहरी टोलीले चोरीमा संलग्न चार जनालाई चोरीका ४ वटा मोटरसाइकल र एउटा अटो टेम्पोसहित पक्राउ गरेको हो ।
उनीहरुले बिर्तामोड क्षेत्रका बिभिन्न स्थानहरुबाट मे ८ प २११६ नम्बरको एभेन्जर, प्रदेश १–०१–०१५ प ९२४२ नम्बरको सुपर स्पेन्डर, मे ९ प ३६१८ नम्बरको पल्सर, प्रदेश ३–०२–००९ प ५१२७ नम्बरको स्ट्रीकर मोटरसाइकल र मे १ ह ४८९६ नम्बरको अटो टेम्पो चोरी गरी वास्तविक नम्वर प्लेट परिवर्तन गरेर चलाउँदै आएका थिए ।
पक्राउ परेका उनीहरुबारे चोरी सम्वन्धि कसुरमा इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भैरहेको बताइएको छ ।
View : 70
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved