बराहक्षेत्र स्थित सप्तकोशी नदी र मन्दिरतर्फको तटमा भक्तालुहरू
वैदिक सनातन हिन्दू धर्म सृष्टि, जीव, खगोल भूगोलको वैज्ञानिक अध्ययन गर्ने र सत्य अर्थ बोकेको धर्म हो । यसको सिद्धान्त र दर्शन ऋषि वैज्ञानिकले तयार गरेका हुन् । यसमा सूत्र छन् । बिम्ब, प्रतीकको भण्डारन छ । प्रत्येक पाठक, दर्शकले ऋषिबाट तयार भएका सूत्रको जिब्रो अनुसार स्वाद फरक भए, पाएझैं मान्छे पिच्छे फरक–फरक र भिन्न अर्थ लाउने रीति सृष्टिको प्रारम्भदेखि नै चल्दै आएको छ ।
हिजो थियो आज छ र मान्छेको मृत्यु भइरहन्छ । यो सनातन हो । भूतकालदेखि वर्तमानकालसम्मका आलोचकले न्वारनदेखिको बल लगाएर खण्डनमण्डन गर्दा पनि सधै साजी ज्ञान दिने वचन यसभित्र जिजुबराजूका पालैदेखि कैद हुँदै आएका छन् । पछि जन्मेका बच्चाले प्रत्येक मानिसलाई यो धर्मले दमन गर्यो भनेर मन दुखाए पनि यसमा कला, सीप, पेशा, व्यवसाय मात्र नभएर पुरुष चतुष्ठयमा यसले विश्वास गर्ने वातावरण निर्माण गर्छ । यो अहिलेसम्म सत्यमा अडिक रह्यो । विचलन कहिल्यै भएन । कैयौ दिन पीडाले जल्यो । धेरै हन्डर खेप्यो तर विरोध कर्ता जन्मदै रहन्छन् । मर्दै जान्छन् । हात्ती लम्कदै गर्छ कुक्कुर भुक्तै गर्छ, त्यसैको असली कसी लागेर अब्बल ठहरिएको हीरा र सुनको नाम हिन्दू धर्म हो ।
भुसुना र दिसामा बस्ने किरासहित मारेर हिंसा गर्नु हुन्न भन्ने सिद्धान्त र दर्शन हिन्दू दर्शन हो । यो दर्शनको विचार म मात्रै खाउँ भन्दैन । सर्वे भवन्तु सुखिन भन्छ । आत्मवत् मन्यते जगत्को सन्देश समाजमा दिन्छ । ‘परोपकाराय पुण्याय पापाय परपीडनम्’ को अभिव्यक्ति छर्दछ । जीवो जीवति जीवनम्को फल उमार्छ । मृर्त्योर्मा अमृतंगमयको फल उमारेर चौरासी व्यञ्जन बनाएर सबैलाई भेदरहित स्वाद चखाउँछ । जात पात छुवाछुत । यसको आफ्नो विचार होइन । यो व्यक्तिको विचार हो । व्यत्तिका विचार र धारणाले सर्वजनहिताय गर्दैन भने धर्म होइन । ज्ञान र विवेक धर्म हो । ब्रह्म ज्ञानलाई यसले उत्तम मान्छ । यज्ञयग्याङ्गलाई साधन ठान्दछ । देवऋण, ऋषिऋण, पितृऋणबाट मुुक्त हुने उपाय र सल्लाह दिन्छ । न आदि न अन्त नभएको सनातन हो भनेर विवेचना गर्छ । भाषा, सभ्यता, संस्कृति, संस्कार, अनुशासन, आचरण, जिम्मेदारी, आश्रम, वर्ण जीवन पद्धति र जीवन जिउँने कला धर्म ठान्दछ । ब्राह्मण, क्षत्री, वैश्य, शूद्रलाई एउटै शरीरका अभिन्न अङ्ग ठान्दछ ।
वेदले आफ्नो शरीरलाई नै ब्राह्मण, क्षत्री, वैश्य, शूद्रका रूपमा बाँडेको छ र कामको बाँडफाँट ती अङ्गले गर्ने श्रमको आधारमा गर भन्दछ । निन्दा, हिंसा, आलोचना न मार्क्स, न लेनिन, न माओ न हिन्दू, न बौद्ध, न सिख, न पारसी, न महम्मद, न यहूदी, न क्याथोलिक न प्रोटेस्टेन्ट छुट्ट्याउने काम कुनै धर्मले एकले अर्कोलाई कदापी भन्दैन । स्वार्थी मान्छे आफ्नो स्वार्थ पूरा गर्न धर्मका नाममा, सत्ताका नाममा, खाइसके, सर्वस्व सके, गरे भन्छ र म अलग हुँ भनी फुटाउँदै हिड्छ । यस्तो कुत्सित र छुद्र कुरा धर्म शास्त्रका अन्तर्यभित्र जति पनि कृति लेखिएका छन् ती कुनैले भेदभाव गर्दैन । व्यक्ति मान्छेले स्वार्थ पूरा गर्न गरिएका तुच्छ र निकृष्ट कुरा धर्मभित्र पर्दैनन् ।
सृष्टि प्रचारार्थ उत्पन्न पाँच पदार्थ मध्ये एक पदार्थ धर्म हो । यी पाँच पदार्थ पृथ्वी, जल, तेज, वायु, आकाश हुन् । यी ब्रह्मको दाहिने वक्षस्थलबाट उत्पन्न भएको ठानिन्छ । धर्म धारणा गर्ने अर्थका रूपमा लिइन्छ । धारणा गर्ने वस्तु चाहिन्छ । यो वस्तु भित्रको अन्तर्निहित गुण हो । मानिस पनि वस्तु हो । वस्तु हुन आकार, प्रकार, साइज, लम्बाइ, चौडाइ, उचाइ, गहिराइ चााहिन्छ । धर्मलाई प्रथम देवता पनि भनिन्छ । धर्मलाई मानवीकरण गरेर दाहिने कोखबाट पैदा गरे । उनका अर्धाङ्ग दक्षप्रजापतिका १३ कन्याहरू हुन् । ती निम्न छन् श्रद्धा, मैत्री, दया, शान्ति, तुष्टि, पुष्टि, क्रिया, उन्नति, बुद्धि, मेधा तितिक्षा, हनि र मूर्ति हुन् । यिनै मध्येकी मूर्तिबाट नरनारायणको जन्म भएको मानिन्छ ।
धर्म वृषभको आकारको छ । यो भनाइको तात्पर्य पृथ्वी स्त्रीरूप भएकाले स्त्रीमा क्षेत्रज हुन्छ । पुरुषरूप वृषभमा बीज हुन्छ । यही बीजबाट स्त्रीका क्षेत्रजमा पर्न गई प्राकृतिक सिर्जनाको क्रम अगाडि बढ्छ । वृषभका चार गोडा गुण, द्रव्य, क्रिया र जाति हुन् । कलियुगमा जातिको विकास हुन्छ । यही वृषभले सत्य युगमा चारै गोडाले, त्रेतामा तीन गोडाले, द्वापरमा दुई गोडाले र कलियुगका अन्तिम एक गोडाले जाति उत्पन्न गर्छ । एक गोडो, यही एक गोडोले उत्पन्न भएका जाति जनजातिहरू आफूहरूलाई एकाङ्गी मानेर स्वयं सर्वश्रेष्ठ प्राणी ठान्दछन् र अनेकौ जातीय विभेद, निम्त्याएर विश्व हल्लाई रहेका छन् । परन्तुमा रक्षा पनि यही एक खुट्टाले गर्दछ । यसको उदाहरण सन् २०२५को अमेरिकाको आगलागी हो ।
यी उपर उल्लेख्यहरू धर्मकी पत्नीमात्र नभएर प्रत्येक मनुष्य र मान्छेलाई यिनले भौतिक माया जालमा पार्छन् र मानिसमा पार्ने प्रभाव भित्रका आन्तरिक मनोवैज्ञानिक तत्व हुन् । यिनैलाई मानिस धर्म भन्दछन्, अरु भौतिकवादीहरू आफूलाई आफै चिन्दैनन् । धर्म र सीपमूलक शिक्षा र विज्ञानका कुरा गर्दै मृगमरीचिका पछि लाग्दछन् । वैज्ञानिक होस् कि अवैज्ञानिक होस् दुवैका यी मन भित्रका तत्व हुन् । यिनै विषयलाई अनेकौ शास्त्रले भिन्न नामले सम्बोधन गर्छ । यसैलाई आत्मा, परआत्मा, जीवात्मा, जीव, ईश्वर, भगवान् अनेक नामले मान्छे पुकार्दछन् । यिनकै परिचय यो लेखमा छ । धर्मले नै समाज र मानव शास्त्रसँग सम्बन्धित ज्ञान दिन्छ ।
मान्छेबाट मानिस बन्न करिव तेह्र प्रक्रिया पार गरेपछि मानिस मानव हुन्छ । मानिसमा तेह्र किसिमका अन्तर्निहित गुण हुन अत्यन्त जरुरी छ । ती तेह्र गुण निम्न छन् – श्रद्धा, मैत्री, दया, शान्ति, तुष्टि, पुष्टि, क्रिया, उन्नति, वृद्धि, मेधा, तितिक्षा, हनि र मूर्ति यी मानिसभित्र हुनुपर्छ र हुन्छन् । यिनै धर्म हुन् । यो गुण नभएको मान्छे दुइटा खुट्टा टेकेर मात्र हिड्छ । ऊ मान्छे नै ह्वैन । अनुहार र स्वरूपले मान्छे जस्तो मात्र देखिन्छ । यति विषय ऊभित्र भए पश्चात् मानवको हृदयभित्रबाट नरनारायण नामको छोरो जन्मन्छ । त्यही छोरोका नाम मानव हो ।
धर्म भाले जाति हो । यो जातिकी मानवरूपी शरीरकी (धर्मकी) विवाहिता धर्म पत्नीबाट मानवता नामको पुत्र जन्मन्छ (हिन्दी साहित्य कोश ।) धर्मकी अर्द्धाङ्गिनीहरू नबुझी मानवताको कुरा गर्नु व्यर्थ हो । डाडुले खीर त चलाउँछ तर स्वाद लिन त मान्छेको जिब्रो नै चााहिए जस्तै हो । मानव अधिकारको चर्चा परिचर्चा गर्नु । यो लेखको सौन्दर्य र सार यही हो । हिन्दू धर्म र वैदिक सनातन धर्म उल्लेख्य तेह्र विशेषताका आधारमा परिचय नै यसको निष्कर्ष हो ।
हिन्दू भन्नाले हीन दूषयतीति (हीन वा क्षुद्र व्यक्तिलाई दोष थोपार्छ ।
हिन्दूको व्युत्पत्ति : दूष वैकृत्ये (दिवा) धातु, हीन जोड दूष् जोड डू (उ), टिलोप पृषोदरादिबाट हीनका अकार कको लोफ, हीवो ह्रस्व हो हिन्दू , एक जाति विशेष, हिन्दू धर्म मान्ने जाति । (तत्सम व्युत्पत्ति कोश ।)
‘उतिष्ठत जाग्रत प्राप्य बरान्निबोधत (कठो पनिषद्) ।’ उठ जाग श्रेष्ठ आचार्य पाएका छौ पाएका बेला ज्ञान प्राप्त गर भन्छ । यो कथनले विश्वका हिन्दूहरू जागको सन्देश दिन्छ । विश्वमा धर्मका प्रचारकका रूपमा विवेकानन्द, रामकृष्ण परमहंस आदिको नाम जप्ने गरेका छन् । क्रमशः
(लेखक विश्व हिन्दू महासंघ मोरङका अध्यक्ष हुन् ।)
View : 112
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved