विराटनगर। पूर्वाञ्चल विश्वविद्यालय (पूवि) कर्मचारी संघ, जनता आदर्श बहुमुखी क्याम्पस, जनसंख्या तथा विकास केन्द्र (सिपेड) र कानुन क्याम्पस (कलेज अफ ल) एकाई समितिको भेलाले सभापतिमा मोहन घिमिरेलाई चयन गरेको छ । बुधबार बसेको सो भेलाले घिमिरे (जनता आदर्श र सिपेड)को नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो ।
समितिको सचिव र कोषाध्यक्षमा कानुन क्याम्पसका रविन गिरी र शंकर श्रेष्ठले जिम्मेवारी पाएका छन् । समितिको सदस्यहरूमा जनता र सिपेडबाट सरस्वती अधिकारी र मनोजकुमार यादव सर्वसम्मत चयन भएका हुन् ।
पूवि अन्तर्गतका जनता आदर्श बहुमुखी क्याम्पस, जनसंख्या तथा विकास केन्द्र (सिपेड) र कानुन क्याम्पस विराटनगर पुष्पलालचोकस्थित एकै परिसरमा रहेको छ । बुधबार सो एकाई समितिको अधिवेशन हुन गैरहेको छ । सो अधिवेशनबाट नयाँ नेतृत्वले औपचारिक रुपले जिम्मेवारी पाउने छन् ।
View : 436
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved