Biratnagar, Morang, Nepal
८ जेठ २०८२, बिहिवार
+977 21 450305, 515728, 578305
समाज

परोपकार घाटको पुल बेवारिसे

उद्‌घोष सम्वाददाता
७ जेठ २०८२, बुधवार

विराटनगर । विराटनगर महानगरपालिका र कटहरी गाउँपालिकालाई जोड्ने सिंगिया खोलामा निर्मित परोपकार घाटको पुल ६ वर्षदेखि अधुरै रहेको छ । 

विराटनगर–१ र कटहरी–१ जोड्ने सो पुलको निर्माण ६ वर्षअघि थालिएको हो । 

कोशी प्रदेशअन्तर्गत पूर्वाधार विकास कार्यालयसँग रौताहा कन्स्ट्रक्सनले २०७६ साल फागुन २२ गते  निर्माणको सम्झौता गरेको थियो ।

सम्झौता भएको ३० महिनाभित्र पुलको निर्माण सम्पन्न गरिसक्नु पर्नेमा सालको हिसाबले ६ वर्ष पुगिसक्यो र पनि निर्माण सम्पन्न भएको छैन ।

सम्झौतापछि चार पटक म्याद थपिसक्दा पनि निर्माण कम्पनीले काम गर्न सकेको छैन । 

पूर्वाधार विकास कार्यालय प्राविधिकका अनुसार ९२ प्रतिशत काम सकिएको छ ।

विराटनगर–१ तर्फ पुल बनेको ठाउँ नजिकै सुकुम्वासीहरुको बसोबास रहेको छ । सो बसोबास नहटाएसम्म सडक र पुल नजोडिने हुँदा काम त्यसै अधुरै रहेको छ ।

पूर्वाधार विकास कार्यालयका प्रमुख सुशील श्रेष्ठले सुकुम्वासी वस्ती हटाउन महानगरले पहल नगरिदिंदा काम रोकिएको बताए ।

View : 206

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved