Biratnagar, Morang, Nepal
६ वैशाख २०८२, शनिवार
+977 21 450305, 515728, 578305
साहित्य

विराटनगरका अग्रज नौ साहित्यकार सम्मानित

उद्‌घोष सम्वाददाता
३ वैशाख २०८२, बुधवार

विराटनगर । विराट साहित्य संगमको आयोजनमा विराटनगरका नौ जना अग्रज साहित्यकारलाई मंगलबार सम्मान गरिएको छ ।

संगमले विराटनगरमा स्थायी बसोवास गरेर निरन्तर रूपमा नेपाली भाषा, साहित्य, समाजसेवाका क्षेत्रमा अतुलनीय योगदान पुर्‍याइरहेका ८० वर्ष समूहका साहित्यकारहरूलाई सम्मान गरेको हो ।   

अग्रज साहित्यकार विश्वराज पाण्डे, बद्रीप्रसाद पहाडी, प्राडा गणेश क्षेत्री, एनपी आचार्य, बलराम पोखरेल, सोमराज अभय, जयप्रसाद पाण्डे, करुणाकर थापा र  तारानाथ पोखरेललाई उनीहरुको निवासमा नै पुगी सम्मान गरेको हो ।

उनीहरुलाई नयाँबर्ष २०८२ को शुभकामना व्यक्त गर्दै खादा, माला र कोशेली (विशेष खाजा) का साथ सम्मान गरिएको हो ।

विराट साहित्य संगमका अध्यक्ष मधु पोखरेल, सचिव गोपाल निर्भीक, सहसचिव भवानी पोखरेल, कोषाध्यक्ष भीम कोइराला र  सदस्यहरू कविता चापागाईं, हरिप्रसाद बराल, प्रिन्स प्रमोद ढकाल, आजीवन सदस्य लक्ष्मी पोखरेल र संगम अभियान साहित्यिक मासिक पत्रिकाका प्रधान सम्पादक रामबाबु दाहालको नौ सदस्यीय  टोलीले उनीहरुलाई सम्मान गरेको हो ।

View : 436

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved