विराटनगर । ३२ औं मदन–आश्रित स्मृति दिवसको अवसरमा नेकपा एमाले विराटनगर कमिटीले शनिबार रक्तदान सम्पन्न गरेको छ ।
पार्टी कार्यालय पाञ्चालीमा आयोजित रक्तदान कार्यक्रममा २९ जनाले रक्तदान गरेको एमाले विराटनगर महानगर कमिटीका सचिव विज्ञान चापागाईंले जानकारी दिए ।
महानगर कमिटीका पदाधिकारी, जनसंगठन तथा पार्टी कार्यकर्ताले रक्तदान गरेको उनले बताए ।
रक्तदाताहरूलाई एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य विनोद ढकाल, केन्द्रीय सदस्य एवं मोरङ इन्चार्ज जीवन घिमिरे, केन्द्रीय सदस्य रामलाल साह, महानगर कमिटीका अध्यक्ष बलराम गिरी लगायतले प्रमाणपत्र प्रदान गरेका थिए ।
सोही अवसरमा पार्टी कार्यालयमा राखिएका स्वर्गीय जननेता मदन भण्डारीसहितका नेताहरूको शालिकमा माल्यार्पण गरेका थिए ।
View : 92
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved