Biratnagar, Morang, Nepal
७ जेठ २०८१, सोमवार
+977 21 450305, 515728, 578305
कोशी
सात मन्त्री नियुक्त, १० सदस्यीय बन्यो मन्त्रिमण्डल
उद्घोष सम्वाददाता ४ जेठ २०८१, शुक्रवार

विराटनगर । कोशी प्रदेशको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेकपा एमालेका चार र माओवादी केन्द्रबाट तीन जनासहित जम्मा सात जना मन्त्रीहरू नियुक्त गरेका छन् । जसमध्ये पाँचजना मन्त्री र दुईजना राज्यमन्त्री रहेका छन् । मुख्यमन्त्री कार्कीले यसअघि विनाविभागीय रहेका दुई मन्त्रीहरूको कार्यविभाजन समेत गरेका हुन् ।  नवनियुक्त मन्त्रीहरूलाई शुक्रबार कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । कार्यविभाजन अनुसार यसअघि विनाविभागीय रहेका राम बहादुर मगर आर्थिक मामिला तथा योजना मन्त्री बनेका हुन् ।  एमाले संसदीय दलका...

समाज
बरगाछी–रानी डिभाइडर सौन्दर्यीकरणमा सहयोग जुट्दै, कुमारी बैंकद्वारा दुई लाख हस्तान्तरण
उद्घोष सम्वाददाता ५ जेठ २०८१, शनिवार

विराटनगर । विराटनगरको बरगाछी चोकदेखि रानीसम्मको ६ लेन सडक सौन्दर्यीकरणका लागि कुमारी बैंक विराटनगरले दुई लाख रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेको छ । महानगरपालिकाले ६ लेन सडकको मेडियम (डिभाइडर) मा हरियालीसहितको सौन्दर्यीकरण गर्ने योजना अघि बढाउँदै विभिन्न क्षेत्रसँग त्यसका लागि सहायता माग गरेको थियो ।  महानगरपालिकाको आग्रह अनुसार बैंकको क्षेत्रीय कार्यालयका प्रमुख मनिष श्रेष्ठले महानगरपालिकाका मेयर नागेश कोइरालालाई चेक हस्तान्तरण गरेका हुन् । महानगरपालिकाले डिभाइडर सौन्दर्यीकरणका लागि आर्थिक स्रोत जुटाउन महानगरभित्रका बैंक तथा वित्तीय संस्था, उद्योगी व्यवसायीहरूलाई आग्रह गरेको थियो...

राजनीति
एमाले सुनसरीको आठौं जिल्ला अधिवेशन सुरु, प्यानलै चुनाव लड्ने तयारी
उद्घोष सम्वाददाता ६ जेठ २०८१, आइतवार

सुनसरी । नेकपा एमाले सुनसरीको आठौं जिल्ला अधिवेशन सुरु भएको छ । इटहरीमा शनिबार दिउँसो सुरु भएको अधिवेशनको एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उद्घाटन गरेका छन् । अधिवेशनमा ७ सय ३० प्रतिनिधि सहभागी छन् । पार्टीका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत नेतृत्व चयनका लागि निर्देशन दिए पनि सुनसरीमा सर्वसम्मत नेतृत्व चयनको सम्भावना टर्दै गएको छ । अध्यक्षका लागि निलम खनाल र खेमराज पोखरेलले आकांक्षा देखाएका छन् । दुवै जनाले एक अर्काको नेतृत्व स्वीकार नगरेपछि सुनसरीको नेतृत्व छनोट चुनावी प्रक्रियाबाट हुने देखिएको छ । अध्यक्षको आकांक्षी पोखरेल यसअघि सातौं जिल्ला अधिवेशनमा पराजित...

राष्ट्रिय
कांग्रेससँग तिक्तता बढ्न दिदैनौँ : मुख्यमन्त्री कार्की
उद्घोष सम्वाददाता ४ जेठ २०८१, शुक्रवार

विराटनगर । मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कोशी प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग तिक्तता बढ्न नदिने बताएका छन् । शुक्रबार मन्त्रिपरिषद् विस्तार भएपछि नवनियुक्त मन्त्रीहरूको सपथ ग्रहण कार्यक्रममा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै मुख्यमन्त्री कार्कीले सरकारको तर्फबाट तिक्तता बढाउने गरी कुनैपनि काम नहुने बताएका हुन् । ‘हामी वहाँहरूसँग तिक्तता बढ्न दिँदैनौं, हाम्रो तर्फबाट हुन दिँदैनौं’ मुख्यमन्त्री कार्कीले भने, ‘वहाँहरूले बढाउनु भयो सम्झाउँछौ बुझाउँछौ, होइन बढाउने नै हो भन्ने हो भने त हाम्रो के लाग्छ र ।’ मुख्यमन्त्री कार्कीले आफू नेतृत्वको सरक...

आर्थिक
रकम हिनामिना गर्ने सहकारीलाई कारबाही हुन्छः मेयर कोइराला
उद्घोष सम्वाददाता ६ जेठ २०८१, आइतवार

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले नियमविपरीत सञ्चालित सहकारीलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन् । जनताले गाँस काटेर जम्मा गरेको पैसा हिनामिना गर्ने सहकारीलाई पानीमुनि गए पनि नछाड्ने उनले चेतावनी दिए ।  महानगरले आयोजना गरेको पाँचदिने सहकारी लेखा तथा पर्ल्स तालिमको समापन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले जनताको खुन पसिनाले आर्जन गरेको कमाइ हिनामिना गर्ने सहकारीलाई कुनै पनि हालतमा नछाड्ने बताए । हरेक सहकारीको गतिविधि र क्रियाकलापलाई महानगरले सूक्ष्म रुपमा अध्ययन गरिरहेको बताउँदै उनले भने, ‘महानगरको नियमन क्षेत्राधिकारभित्रका सहकारी संस्थाकाले बद्मास...

शिक्षा
राउण्ड टेबलद्वारा छात्रवृत्ति प्रदान
उद्घोष सम्वाददाता ६ जेठ २०८१, आइतवार

विराटनगर । राउण्ट टेवल नेपालले गरिब तथा विपन्न र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । राउण्ट टेबल नेपाल एरिया–२ ले आयोजना गरेको कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले छात्रवृत्तिको चेक हस्तान्तरण गरे । सबै बालबालिकालाई शिक्षित बनाउने राउण्ड टेबलको अभियानअन्तर्गत एरिया–२ अन्तर्गत विराटनगरका दुई वटा विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गरिएको एरिया संयोजक विवेक राठीले बताए । सगरमाथा, शिक्षादीप सेकेण्डरी स्कुलमा अध्ययन गर्ने विद्यार्थीका लागि १ लाख ४० हजार र होलील्याण्ड सेकेण्डरी स्कुलमा अध्ययनरत विद्यार्थीका लागि ७० हजार...

स्वास्थ्य
बुद्धजयन्तीका अवसरमा आँखा शिविर
उद्घोष सम्वाददाता ६ जेठ २०८१, आइतवार

विराटनगर । २५ सय ६८ औं बुद्ध जयन्तीका अवसरमा विराट बौद्ध संघ विराटनगरले निःशुल्क आँखा शिविर गरेको छ ।  विराटनगर–११ स्थित बुद्धबिहारमा शनिबार आयोजित शिविरमा ८५ जनाले आँखाको चेकजाँच गरेका छन् । शिविरमा चेकजाँच गरेका मध्ये ९ जनामा मोतिबिन्दुको समस्या देखिएको संघका अध्यक्ष पुष्पधन शाक्यले जानकारी दिए । रामलाल गोल्छा आँखा अस्पतालको प्राविधिक सहयोगमा आयोजित शिविरमा २० वर्षदेखि ८६ वर्ष उमेर समूहका व्यक्तिहरूले आँखा जाँच गराएका थिए । रामलाल गोल्छा आँखा अस्पतालका दृष्टि विशेषज्ञ डा. राजेशकुमार यादव र नेत्र सहायक उमेश्वर साह नेतृत्वको टोलीले आँखाको चेकजाँच गरेको थियो । मोतिबिन्दुक...

खेलकुद
तेस्रो मिल्स टि– २० क्रिकेट: विराटनगरको वाईआरसीसी फाइनलमा
उद्घोष सम्वाददाता ६ जेठ २०८१, आइतवार

विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि–२० क्रिकेट प्रतियोगितामा विराटनगरको वाईआरसीसी क्रिकेट क्लब फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा शनिबार भएको पहिलो सेमिफाइनल खेलमा विराटनगरकै एनबीएससी क्रिकेट क्लबलाई ११६ रनले हराउँदै वाईआरसीसी क्लब फाइनलमा पुगेको हो । टस जितेर ब्याटिङ रोजेको वाईआरसीसीले १९.४ ओभरमा सबै विकेट गुमाइ २५१ रन बनाएको हो । वाईआरसीसीले दिएको २५२ रनको लक्ष्य पछ्याएको एनबीएससीले १२.१ ओभरमा सबै विकेट गुमाई १३५ रन मात्रै बनाउन सक्यो । जितसँगै वाईआरसीसीले आइतबार हुने दोस्रो सेमिफाइनल खेलमा भारत विहारको कटिहार र विराटनगरको होराइजन क्रिकेट क्लबबीच हुने दोस्र...

साहित्य
लघुकथा संग्रह ‘जडौरी’ को लोकार्पण
उद्घोष सम्वाददाता ३ जेठ २०८१, बिहिवार

विराटनगर । नारी स्रष्टा समाज नेपालले साहित्यकार रमेन्द्र कोइरालाको ‘जडौरी’ लघुकथा संग्रहको लोकार्पण गरेको छ । लघुकथा समाज नेपालका संस्थापक अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, प्राडा गोविन्दमान सिंह कार्की, लघुकथा समाज नेपालका उपाध्यक्ष तुलसीहरि कोइराला, नारी स्रष्टा समाज नेपालका अध्यक्ष ममता मृदुल, नमस्ते आधुनिक लघुकथा मञ्चकी उपाध्यक्ष यमुना प्रधानाङ्ग, लघुकथाकार खगेन्द्र बस्याल लगायतले संयुक्त रूपमा कृतिको  लोकार्पण गरेका हुन् । लघुकथा समाज नेपालका संस्थापक अध्यक्ष तथा स्रष्टा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले सुरूवाती घडीमा उपेक्षा गरिएको लघुकथा विधा फस्टाउँदै गएकोमा...

वातावरण
नवीकरणीय ऊर्जाका लागि लागि साइकल यात्रा
उद्घोष सम्वाददाता ६ जेठ २०८१, आइतवार

विराटनगर । नवीकरणीय ऊर्जा भविष्यको लागि विराटनगरमा साइकल यात्राको आयोजना गरिएको छ । विगत २०७९ देखि सुरु भएको मानिस र ग्रहका लागि पेडल नामक अभियान अन्तर्गत विभिन्न एसियाली देशहरूमा नवीकरणीय ऊर्जाको न्यायपूर्ण रुपान्तरणको समर्थनमा पारिवारिक साइकल र्‍यालीका आयोजना गरिएको हो । शनिबार विराटनगरमा विभिन्न संस्थाहरूको सहभागितामा हिमालय रोडबाट सुरु भएको यात्रा रोडशेष चौक हुँदै भेटेरिनरी रोड, रानीपथ, रानी स्वास्थ्य चौकी हुँदै नयाँ छठ पोखरीमा पुगेर समापन गरिएको दिगो विकास इन्स्टिच्युटका प्रदेश संयोजक मन्दीप साहले जानकारी दिए ।

मनोरञ्जन
तमोर बाहिर बरालिएको ‘मनसरा’
निशान्त ढुंगाना ३ जेठ २०८१, बिहिवार

सिर्जनाले भूमि खोज्छ, आधार खोज्छ, स्थान विशेष खोज्छ । भूमिले सिर्जनालाई पात्र–पात्रता दिन्छ, कथा–किम्वदन्ती दिन्छ, धर्म–देवता दिन्छ, खोला किनार–नदी नाला दिन्छ, हिमाल–पहाड दिन्छ, जमिन–वनस्पति दिन्छ, बिम्व–प्रतीक दिन्छ र एउटा सुन्दर क्यानभास दिन्छ जहाँ सर्जकले आफ्नो प्रतिभा प्रस्तुत गर्ने मौका पाउँछ । यदाकदा स्थान विशेषभन्दा माथि स्वैरकाल्पनिक संसारमा सिर्जानाको प्रस्फुटन नहुने होइन, तथापि सो संसारले पनि आफ्नो पात्र, कथालगायत वस्तु वरपरबाटै टिप्ने गर्छन् । चलचित्र ‘जारी’ सँगै निर्देशनमा समेत हात हालेका ख्यातिप्राप्त निर्देशक, कवि, लेखक उपे...

अन्तर्राष्ट्रिय
पाकिस्तानमा एकसाता परेको चट्याङ र वर्षाका कारण ४१ जनाको मृत्यु
उद्घोष सम्वाददाता ३ वैशाख २०८१, सोमवार

लाहोर, ३ वैशाख । पाकिस्तानमा शुक्रबारदेखि आइतबारसम्ममा चट्याङ, हावाहुरी र बर्षाका कारण कम्तीमा ४१ जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार जानकारी दिएका छन् । मृतकमध्ये २८ जनालाई चट्याङ लागेको थियो ।  पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले आगामी दिनमा थप वर्षा हुने भएकाले पहिरो र आकस्मिक बाढीको चेतावनी दिएको छ । पाकिस्तानको सबैभन्दा ठूलो र बढी जनसङ्ख्या भएको प्रान्त पञ्जाबमा शुक्रबारदेखि आइतबारसम्म चट्याङ लागेर २१ जनाको मृत्यु भएको छ । ’मैले एनडीएमएलाई प्रान्तहरूसँग समन्वय गर्न भनेको छु र एनडीएमएले क्षति भएका क्षेत्रहरूमा राहत सामग्री हरू प्रदान गर्न, &l...

प्रविधि
विराटनगरमै विद्युतीय गाडीको कारखाना खोल्न टिकाराम पुरीले गरे चाइनामा सम्झौता
उद्घोष सम्वाददाता १७ वैशाख २०८१, सोमवार

विराटनगर । विराटनगरमै विद्युतीय गाडीको कारखाना खोल्नका लागि विराटनगरकै उद्यमी टिकाराम पुरीले सोमबार चाइना पुगेर सम्झौतामा हस्ताक्षर गरेका छन् । उनले नेपालमा विद्युतीय सवारी साधनको बढ्दो आकर्षणलाई ध्यानमा राख्दै सबै प्रकारका चारपाङ्ग्रे सवारी साधन उत्पादन गर्ने कारखाना खोल्न चिनियाँ कम्पनीसँग सम्झौता गरेका हुन् ।  एक वर्षभित्र विद्युतीय सवारी साधन उत्पादन गर्ने तयारीका साथ कोशी एनके मोटर्स प्रालिका अध्यक्ष रहेका पुरीले चाइनाको स्यामन गोल्डेन ड्रागन अटो बडी कम्पनी लिमिटेडसँग सम्झौतामा हस्ताक्षर गरेका हुन् । चाइनाको फुजियान प्रान्तमा रहेको उक्त अटो बडी कम्पनीसँग स्थानीय ज्योतिष शास्...

विचार
सबैको ध्यान इलाम २ मा
डीपी ढुंगेल १० वैशाख २०८१, सोमवार

लोकतन्त्रको सुन्दर पक्ष आवधिक निर्वाचन हो । जनताद्वारा छानिएका जनप्रतिनिधिले देश सञ्चालन गर्ने अन्तर्राष्ट्रिय विधि नै लोकतन्त्रको विशेषता हो । कोशी प्रदेशको इलाम जिल्ला निर्वाचन क्षेत्र नम्बर २ मा यही वैशाख १५ गते उपनिर्वाचन हुँदैछ । विसं २०७९ सालको संसदीय निर्वाचनबाट निर्वाचित पूर्व सभामुख सुवासचन्द्र नेवाङको देहान्तपछि इलाम क्षेक्र नम्बर २ रित्त थियो । निर्वाचन आयोगको कार्यालयले यही वैशाख १५ गतेका लागि उपनिर्वाचनको मिति तोकिसकेको छ । जसले गर्दा अहिलेको राजनीति इलाम क्षेत्र  नम्बर २ मा तातेको छ । इलाममा यतिखेर २० राजनीतिक दलहरु तथा अन्य स्वतन्त्र उम्मेदवारहरु चुनावी प्रचारपचारमा व्यस...

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved