विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि–२० क्रिकेट प्रतियोगितामा विराटनगरको वाईआरसीसी क्रिकेट क्लब फाइनलमा पुगेको छ ।
विराटनगर जुटमिलको खेलमैदानमा शनिबार भएको पहिलो सेमिफाइनल खेलमा विराटनगरकै एनबीएससी क्रिकेट क्लबलाई ११६ रनले हराउँदै वाईआरसीसी क्लब फाइनलमा पुगेको हो ।
टस जितेर ब्याटिङ रोजेको वाईआरसीसीले १९.४ ओभरमा सबै विकेट गुमाइ २५१ रन बनाएको हो ।
वाईआरसीसीले दिएको २५२ रनको लक्ष्य पछ्याएको एनबीएससीले १२.१ ओभरमा सबै विकेट गुमाई १३५ रन मात्रै बनाउन सक्यो ।
जितसँगै वाईआरसीसीले आइतबार हुने दोस्रो सेमिफाइनल खेलमा भारत विहारको कटिहार र विराटनगरको होराइजन क्रिकेट क्लबबीच हुने दोस्रो सेमिफाइनको बिजेता टिमसँग उपाधिको लागि खेल्नेछ ।
View : 277
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved