सुन्दरहरैंचा । सुन्दरहरैंचा नगरपालिका भित्रका ९ वटा बचत तथा ऋण सहकारीहरू एकीकरण भइ बनेको कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले विद्यार्थीलाई ब्याग वितरण गरेको छ ।
सुन्दरहरैंचा नगरपालिकाभित्रका ६ सामुदायिक विद्यालयका जेहन्दार, विपन्न र असहाय छात्रछात्रालाई १२८ वटा ब्याग वितरण गरिएको संस्थाका व्यवस्थापक गोपाल देउजाले बताए । उनले सामुदायिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष तथा प्रधानाध्यापकको रोहवरमा सो ब्याग वितरण गरिएको उल्लेख गरे ।
कनकलक्ष्मीले यसै वर्ष ८ सय भन्दा बढी सदस्यहरूका बीचमा विक्तीय साक्षरता तथा सहकारी शिक्षा कार्यत्रम गरेको छ ।
समुदायप्रतिको उत्तरदायित्व अन्तर्गत विझिन्न कार्यक्रमहरू रत्तदान, वृक्षारोपण, स्वास्थ्य शिविर, सरसफाइ, ब्याग वितरण जस्ता विभिन्न सामाजिक कार्य गर्दै आएकोले कनकलक्ष्मी समुदायमा लोकप्रिय बन्दै गएको उल्लेख गरिएको छ । संस्थाको कुल सम्पत्ति तथा सदस्य बृद्धिमा निकै सफलता प्राप्त गरेको संस्थाका व्यवस्थापक देउजाले जानकारी दिए ।
View : 178
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved