Biratnagar, Morang, Nepal
१८ मंसिर २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

महानगरमा क्षयरोगका दुई सय बिरामी

उद्घोष सम्वाददाता
६ जेठ २०८१, आइतवार

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रभित्र एक सय ९१ जना क्षयरोगका बिरामी फेला परेका छन् ।

विराटनगर महानगरफालिकाको जनस्वास्थ्य महाशाखाले शुक्रबार आयोजना गरेको कार्यत्रममा प्रस्तुत गरिएको तथ्याङ्कअनुसार विराटनगरको वडा नम्बर १ बाहेक सबै वडामा क्षयरोगका बिरामी भेटिएको देखाइएको छ । 

जनस्वास्थ्य निर्देशनालयका क्षयकुष्ठ अधिकृत तुलसीप्रसाद गुरागाईंले विराटनगरमा १ सय ९१ जना क्षयरोगी भेटिदा मोरङमा १ हजार २ सय ३८ जनामा क्षयरोगको संक्रमण भेटिएको बताए । झापा, मोरङ र सुनसरीमा क्षयरोगका बिरामी बढी भेटिने गरेका छन् ।

उनले नेपालमा हरेक दिन ४४ जनाको क्षयरोगकै कारण मृत्यु हुने गरेको बताए । उनका अनुसार वर्षमा यस रोगका कारण १६ हजार जनाले ज्यान गुमाउने गरेका छन् ।

विश्वका ३० देशमा सबैभन्दा धेरै क्षयरोगी भेटिएका छन् । त्यसमध्ये सबैभन्दा बढी क्षयरोगी भएको मुलुकमा नेपाल ९ औं स्थानमा पर्दछ ।

View : 212

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved