विराटनगर । राउण्ट टेवल नेपालले गरिब तथा विपन्न र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।
राउण्ट टेबल नेपाल एरिया–२ ले आयोजना गरेको कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले छात्रवृत्तिको चेक हस्तान्तरण गरे ।
सबै बालबालिकालाई शिक्षित बनाउने राउण्ड टेबलको अभियानअन्तर्गत एरिया–२ अन्तर्गत विराटनगरका दुई वटा विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गरिएको एरिया संयोजक विवेक राठीले बताए ।
सगरमाथा, शिक्षादीप सेकेण्डरी स्कुलमा अध्ययन गर्ने विद्यार्थीका लागि १ लाख ४० हजार र होलील्याण्ड सेकेण्डरी स्कुलमा अध्ययनरत विद्यार्थीका लागि ७० हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको थियो ।
मेयर कोइरालाले सो विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकलाई चेक हस्तान्तरण गरेको थिए । हरेक विद्यार्थीलाई ७ हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरिएको राठीले जानकारी दिए ।
View : 143
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved