Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

बुद्धजयन्तीका अवसरमा आँखा शिविर

उद्‌घोष संवाददाता
६ जेठ २०८१, आइतवार

Advertisement

विराटनगर । २५ सय ६८ औं बुद्ध जयन्तीका अवसरमा विराट बौद्ध संघ विराटनगरले निःशुल्क आँखा शिविर गरेको छ । 

विराटनगर–११ स्थित बुद्धबिहारमा शनिबार आयोजित शिविरमा ८५ जनाले आँखाको चेकजाँच गरेका छन् । शिविरमा चेकजाँच गरेका मध्ये ९ जनामा मोतिबिन्दुको समस्या देखिएको संघका अध्यक्ष पुष्पधन शाक्यले जानकारी दिए ।

रामलाल गोल्छा आँखा अस्पतालको प्राविधिक सहयोगमा आयोजित शिविरमा २० वर्षदेखि ८६ वर्ष उमेर समूहका व्यक्तिहरूले आँखा जाँच गराएका थिए ।

रामलाल गोल्छा आँखा अस्पतालका दृष्टि विशेषज्ञ डा. राजेशकुमार यादव र नेत्र सहायक उमेश्वर साह नेतृत्वको टोलीले आँखाको चेकजाँच गरेको थियो ।

मोतिबिन्दुको समस्या देखिएकाहरूको रामलाल गोल्छा आँखा अस्पतालमा निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाइएको अध्यक्ष शाक्यले बताए ।

View : 576

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved