Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
आर्थिक

रकम हिनामिना गर्ने सहकारीलाई कारबाही हुन्छः मेयर कोइराला

उद्घोष सम्वाददाता
६ जेठ २०८१, आइतवार

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले नियमविपरीत सञ्चालित सहकारीलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन् । जनताले गाँस काटेर जम्मा गरेको पैसा हिनामिना गर्ने सहकारीलाई पानीमुनि गए पनि नछाड्ने उनले चेतावनी दिए । 

महानगरले आयोजना गरेको पाँचदिने सहकारी लेखा तथा पर्ल्स तालिमको समापन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले जनताको खुन पसिनाले आर्जन गरेको कमाइ हिनामिना गर्ने सहकारीलाई कुनै पनि हालतमा नछाड्ने बताए ।

हरेक सहकारीको गतिविधि र क्रियाकलापलाई महानगरले सूक्ष्म रुपमा अध्ययन गरिरहेको बताउँदै उनले भने, ‘महानगरको नियमन क्षेत्राधिकारभित्रका सहकारी संस्थाकाले बद्मासी गरे निर्ममतापूर्वक कारबाही गर्छौं ।’

जेठ १ गतेबाट सञ्चालित तालिममा ह्रास कट्टी, जोखिम ऋण व्यवस्थापन, तिर्नुपर्ने रकम, ब्याज मुल्तवी, अन्तिम मालशेष, पाउनुपर्ने रकम, कारोबारको सम्पुष्टि र तयारी विधि, मुख्य खाता, सहायक खाता र प्रयोजनगत लगतहरू, अन्तिम खाता, पर्ल्सको उपयोग, पर्ल्सको परिचय, पर्ल्सको महत्व, वित्तीय सहकारीमा यसको उपयोगितालगायतका विषयमा प्रशिक्षण दिइएको सहकारी शाखाकी प्रमुख सुशीला अधिकारीले जानकारी दिइन् ।

तालिममा ३५ जना लेखा कर्मचारीको सहभागिता रहेको थियो । विराटनगर महानगरको क्षेत्राधिकारभित्र १ सय ७३ वटा सहकारी सञ्चालनमा रहेको सहकारी शाखाकी रोजी कार्कीले बताइन् ।

View : 173

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved