Biratnagar, Morang, Nepal
१० कार्तिक २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
कोशी
मोटरबोट दुर्घटना अपडेट : बेपत्ताको खोजीमा गोताखोर परिचालन
उद्‌घोष संवाददाता ९ कार्तिक २०८३, सोमवार

विराटनगर । सप्तकोशी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । बेपत्ताहरूको खोजीका लागि गोताखोरसहित सशस्त्र प्रहरीको उद्धार टोली परिचालन गरिएको छ । आइतबार धनकुटा, उदयपुर र भोजपुर जिल्लाको संगमस्थल त्रिवेणीस्थित सप्तकोशी नदीमा भोजपुरबाट बराहक्षेत्रतर्फ आउँदै गरेको मोटरबोट दुर्घटनामा परेको थियो । मोटरबोटमा १४ जना सवार रहेकामा तीन जनाको मृत्यु भएको र तीन जना बेपत्ता भएका छन् । दुर्घटनामा झापाको कन्काई नगरपालिका–४ की निता मगरका अन्दाजी सात वर्षीय छोरा शिवक मगर, सुनसरीको बराहक्षेत्र नगरपालिका–१ की २१ वर्षीया प्रमिला मगर र सोही स्थानकी २२...

समाज
लिम्चुङबुङमा विद्युत् सर्ट भई घर खरानी
उद्‌घोष संवाददाता १० कार्तिक २०८३, मङ्गलवार

उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिका–२, ताम्लिछा नक्रेपामा विद्युत् लाइन सर्ट भएर भीषण आगलागी हुँदा एक वृद्धको सर्वस्व गुमेको छ । सोमबार आज बिहान करिब ७ बजे अचानक भएको विद्युत् सर्टका कारण ६८ वर्षीय हर्कबहादुर राईको घरमा आगो सल्किएको थियो ।  हेर्दाहेर्दै आगोले पूरै घर खरानी बनाएको छ । एक्लो जीवन बिताउँदै आएका हर्कबहादुरको बस्ने बास र भित्र रहेका सम्पूर्ण धनमाल जलेर नष्ट भएपछि उनी विचल्ली भएका छन् ।   घटनालगत्तै खटिएको वडा कार्यालयको टोलीले पीडित राईलाई तत्कालका लागि ओढ्ने त्रिपाल र केही खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ ।  वडाध्यक्ष जितेन राईका अनुसार गाउ...

राजनीति
स्थानीय निर्वाचन लक्षित गर्दै विराटनगरमा रास्वपाको अन्तरक्रिया
उद्‌घोष संवाददाता ९ कार्तिक २०८३, सोमवार

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), विराटनगर महानगरपालिका समितिको आयोजनामा सोमबार अन्तरक्रिया तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । विराटनगर–११ स्थित राधाकृष्ण प्यालेसमा आयोजित साे कार्यक्रममा आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरी महानगर प्रमुख (मेयर), उपप्रमुख (उपमेयर), वडा अध्यक्ष तथा वडा सदस्यका आकांक्षीहरूको विशेष उपस्थिति  थियो । रास्वपा महानगर समितिका अध्यक्ष कृष्णप्रसाद निरौलाको अध्यक्षतामा सम्पन्न साे अन्तरक्रियामा तीन सयभन्दा बढी नेता तथा कार्यकर्ताहरूको सहभागिता  थियो । कार्यक्रममा विराटनगरका सबै १९ वटा वडाका सहभागीहरूलाई छुट्टाछुट्टै सम...

राष्ट्रिय
एनपीएलमा आज खेल्दै विराटनगर, यस्तो छ विराटनगर किङ्ग्सको टोली
उद्‌घोष संवाददाता १० कार्तिक २०८३, मङ्गलवार

विराटनगर । नेपाल प्रिमियर लिग –एनपीएल)को तेस्रो संस्करणमा विराटनगर  किङ्ग्सले मंगलबार चितवन राइनोजसँग खेलेर आफ्नो यात्रा सुरु गर्दैछ । चितवन राइनोजसँग पहिलो खेल खेल्ने विराटनगरले त्यसपछि कात्तिक १२ गते बिहीबार कर्णाली याक्ससँग, कात्तिक १४ गते शनिबार सुदूरपश्चिम रोयल्ससँग र कात्तिक १७ गते मंगलबार जनकपुर बोल्ट्ससँग प्रतिस्पर्धा गर्नेछ । विराटनगरले कात्तिक १९ गते बिहीबार काठमाडौं गोर्खाजसँग खेल्नेछ । त्यसपछि कात्तिक २६ गते बिहीबार पोखरा एभेन्जर्स र कात्तिक २८ गते शनिबार लुम्बिनी लायन्ससँग लिग चरणका खेल खेल्ने तालिका छ । यी सबै खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैद...

आर्थिक
गुराँस लघुवित्तद्वारा १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित
उद्‌घोष संवाददाता १० कार्तिक २०८३, मङ्गलवार

विराटनगर  । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको ११औँ वार्षिक साधारण सभाले शेयर सदस्यलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।  धनकुटाको हिलेस्थित कान्जिरोवा मकालु होटलमा मंगलबार सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०८२–८३ को मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको हो । संस्थाका अध्यक्ष उदयनारायण बरालको अध्यक्षतामा सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०८२–८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षण गरिएको वित्तीय विवरण पारित गरेको छ ।   त्यसैगरी संस्थाको प्रबन्धपत्र तथा नियमावलीका संसोधित दफाहरू सं...

शिक्षा
३१ शिक्षकलाई वैश्विक नागरिक शिक्षा अभिमुखीकरण
उद्‌घोष संवाददाता ३० असोज २०८३, शुक्रवार

इनरुवा । कोशी प्रदेशका आठ जिल्लाका ३१ जना शिक्षकलाई वैश्विक नागरिक शिक्षासम्बन्धी पाँचदिने अभिमुखीकरण कार्यक्रम प्रदान गरिएको छ । नेपाल सरकार, शिक्षा विभाग सानोठिमी भक्तपुरको आयोजनामा सञ्चालित कार्यक्रम शुक्रबार सम्पन्न भएको हो । कार्यक्रममा सहभागी शिक्षकहरूलाई लोकतान्त्रिक मूल्य र मान्यता, सामाजिक न्याय, समावेशिता, डिजिटल शिक्षा, जलवायु परिवर्तन, स्वास्थ्य तथा वातावरणलगायत विषयमा अभिमुखीकरण गरिएको थियो । कार्यक्रममा शिक्षा विभाग सानोठिमी भक्तपुरका वरिष्ठ प्राविधिक अधिकृत रामचन्द्र ढकाल, शिक्षा तालिम केन्द्र इनरुवाका वरिष्ठ प्रशिक्षक रेवन्तबहादुर बस्नेत तथा प्रशिक्षकहरू शान्तकुमार चौहान,...

स्वास्थ्य
सल्यानमा स्क्रब टाइफसबाट १० जनाको मृत्यु
उद्‌घोष संवाददाता ५ कार्तिक २०८३, बिहिवार

सुर्खेत । सल्यानमा स्क्रब टाइफस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । दार्मा गाउँपालिका–४ का ६२ वर्षीय जितबहादुर मल्लको उपचारका क्रममा नेपालगञ्जमा मृत्यु भएको हो । यससँगै जिल्लामा स्क्रब टाइफसबाट ज्यान गुमाउनेको संख्या १० पुगेको छ । स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार जिल्लामा हालसम्म ८१७ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ । संक्रमितको संख्या सबैभन्दा बढी दार्मा गाउँपालिकामा रहेको छ । दार्मामा सबैभन्दा बढी संक्रमित कार्यालयको तथ्यांकअनुसार दार्मा गाउँपालिकामा २८१ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, बागचौर नगरपालिकामा २४७, कुमाख गाउँपालिकामा ८२, कपुरकोट गाउँपालिकामा...

खेलकुद
एनपीएलमा आज खेल्दै विराटनगर, यस्तो छ विराटनगर किङ्ग्सको टोली
उद्‌घोष संवाददाता १० कार्तिक २०८३, मङ्गलवार

विराटनगर । नेपाल प्रिमियर लिग –एनपीएल)को तेस्रो संस्करणमा विराटनगर  किङ्ग्सले मंगलबार चितवन राइनोजसँग खेलेर आफ्नो यात्रा सुरु गर्दैछ । चितवन राइनोजसँग पहिलो खेल खेल्ने विराटनगरले त्यसपछि कात्तिक १२ गते बिहीबार कर्णाली याक्ससँग, कात्तिक १४ गते शनिबार सुदूरपश्चिम रोयल्ससँग र कात्तिक १७ गते मंगलबार जनकपुर बोल्ट्ससँग प्रतिस्पर्धा गर्नेछ । विराटनगरले कात्तिक १९ गते बिहीबार काठमाडौं गोर्खाजसँग खेल्नेछ । त्यसपछि कात्तिक २६ गते बिहीबार पोखरा एभेन्जर्स र कात्तिक २८ गते शनिबार लुम्बिनी लायन्ससँग लिग चरणका खेल खेल्ने तालिका छ । यी सबै खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैद...

साहित्य
'अक्षरभित्र चिन्तन' पुस्तककाे लोकार्पण
उद्‌घोष संवाददाता ७ कार्तिक २०८३, शनिवार

विराटनगर । विराटनगर साहित्य सङ्गमको २४२औँ साहित्य शृङ्खलाको अवसरमा फूलपातीका दिन एक विशेष कार्यक्रम आयोजना गरी साहित्यकार तोमनाथ उप्रेतीको समालोचना सङ्ग्रह ‘अक्षरभित्र चिन्तन’ लोकार्पण गरिएकाे छ । सो कार्यक्रममा दशैं, तिहार, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदानसमेत गरिएको थियो।   कार्यक्रममा विराट साहित्य सङ्गमका अध्यक्ष मधु पोखरेल, सचिव गोपाल निर्भीक, प्राज्ञ विवश पोखरेल र बलराम पोखरेलले संयुक्त रूपमा सो पुस्तकको लोकार्पण गरेका थिए। समालोचक तोमनाथ उप्रेतीको यस सङ्ग्रहभित्र मोरङ जिल्लाका सत्रजना कवि, कथाकार, नाटककार, उपन्यासकार र मुक्तककारका कृतिमाथि...

वातावरण
हात्तीबाट जोगाउन सशस्त्रको अभियान
उद्‌घोष संवाददाता ९ कार्तिक २०८३, सोमवार

झापा । चाडपर्वका बेला जङ्गली हात्तीबाट हुन सक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरीले झापाका हात्ती प्रभावित क्षेत्रमा सचेतना अभियान सञ्चालन गरेको छ । अभियानका क्रममा सन्देश लिएर सशस्त्र प्रहरीको गस्तीले हात्ती प्रभावित क्षेत्रमा निगरानी बढाएको हो ।  हात्तीको आवतजावत बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाले सुरक्षा सतर्कता बढाउनुका साथै स्थानीय बासिन्दालाई सावधानी अपनाउन आग्रह गरेको छ । दशैंको बेला स्थानीय चाड मनाउन व्यस्त रहेका बेला सशस्त्र प्रहरीले भने हात्ती प्रभावित क्षेत्रमा गस्ती र जनचेतनामूलक गतिविधिलाई तीव्रता दिएको...

मनोरञ्जन
इटहरीमा नेपथ्यको  कन्सर्ट हुने
उद्‌घोष संवाददाता ८ कार्तिक २०८३, आइतवार

सुन्दरहरैँचा । नेपाली लोकप्रिय सांगीतिक समूह नेपथ्य पहिलोपटक इटहरीमा प्रस्तुत हुने भएको छ। कात्तिक १८ गते इटहरी रंगशालामा हुने सांगीतिक कार्यक्रमका लागि तयारी तीव्र पारिएको आयोजकले जनाएको छ । पूर्वाञ्चल इभेन्ट्स प्रालिको आयोजना तथा इटहरी उपमहानगरपालिकाको प्रवर्द्धनमा हुन लागेको कार्यक्रममा करिब १० हजार दर्शक अट्ने व्यवस्था मिलाइनेछ । आयोजकका अनुसार हालसम्म करिब तीन हजार टिकट बिक्री भइसकेका छन् । आयोजक संस्थाका अध्यक्ष राजकुमार कार्कीका अनुसार इटहरीमा नेपथ्यको यो पहिलो प्रस्तुति नै अन्तिम हुन सक्ने सम्भावना छ । नेपथ्य टोलीसँगको कुराकानीमा त्यसपछि इटहरीमा अर्को प्रस्तुति नहुन सक्ने कुरा...

अन्तर्राष्ट्रिय
फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन
उद्‌घोष संवाददाता ७ कार्तिक २०८३, शनिवार

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर करिब ७० हजार प्रहरी परिचालन गर्ने भएको छ । गत साता प्रदर्शनका क्रममा व्यापक लुटपाट, आगजनी र तोडफोडका घटना भएका थिए । त्यस्ता घटना पुनः दोहोरिन नदिन अधिकारीहरूले सुरक्षा तयारी तीव्र पारेका छन् । फ्रान्स२४ का अनुसार, आन्तरिकमन्त्री लरेन नुनेजले शुक्रबार (स्थानीय समयअनुसार) सुरक्षा व्यवस्थाबारे जानकारी दिँदै सामाजिक सञ्जालमा हिंसा र लुटपाटका लागि आह्वान भइरहेकाले सरकारले सार्वजनिक व्यवस्था कायम राख्न आवश्यक तयारी गरिरहेको बताए । बढ्दो संकटका बीच राष्ट्रपति इम्यानुएल म्याक्रोंले वरिष्ठ मन्त्री तथा अधिकारीहरू सम्मिलित रक्षा प...

प्रविधि
सुरक्षा जोखिमका कारण नेपालका केही सरकारी वेबसाइट अस्थायी रूपमा बन्द
उद्‌घोष संवाददाता ५ कार्तिक २०८३, बिहिवार

काठमाडौं । विश्वभर पीएचपी प्रविधिमा देखिएको गम्भीर सुरक्षा जोखिमका कारण नेपालका केही सरकारी वेबसाइट तथा अनलाइन प्रणालीहरू अस्थायी रूपमा बन्द गरिएको छ । सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र (एसडिओसी) ले एक जरुरी सुरक्षा सूचना जारी गर्दै सम्भावित साइबर आक्रमण र क्षति हुन नदिन सावधानीस्वरूप प्रणालीहरू बन्द गरिएको जनाएको हो । केन्द्रका अनुसार पीएचपी प्रविधिमा ‘PHP@Shell ’ (सिभिइ–२०२६–१०९६१८ र सिभिइ–२०२६–१०९६१९) नामक उच्च स्तरको सुरक्षा कमजोरी (सिभिएसएस ९.२) फेला परेको छ । यस जोखिमका कारण विश्वभर पीएचपीमा आधारित प्रणालीहरू प्रभावित भएका छन् । यो कमजोरीको...

विचार
निराशा र भ्रमबाट आत्मविश्वासतर्फको यात्रा
उद्‌घोष संवाददाता ३ कार्तिक २०८३, मङ्गलवार

रंगेली नगरपालिका–३ निवासी (नाम परिवर्तन) सरिता, ५२ वर्षीया गृहिणी हुन् । उनी खेतीपाती गरेर परिवारको जीविकोपार्जनमा सहयोग गर्दै आएकी छन् । उनको परिवारमा दुई छोरा, एक बुहारी र पाँच वर्षका एक नाति छन् । करिब ३० वर्षअघि विवाह भएको थियो । विगत दुई वर्षदेखि श्रीमान् दीर्घरोगका कारण बिरामी रहनुभएको थियो र नियमित उपचार गराइरहनुभएको थियो । अन्ततः २०८१ साल साउनमा श्रीमानको निधन भयो । श्रीमानको निधनपछि उनको व्यवहारमा उल्लेखनीय परिवर्तन देखिन थाल्यो । उनी कहिले अत्यधिक हाँस्ने, कहिले काम्ने, आफूलाई देवी–देवताले छोएको वा शक्ति प्राप्त भएको बताउने, शिवजी आफ्ना इष्टदेवता भएको...

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved