विराटनगर । विराटनगरमा जारी विराट ट्रेड फेयरमा अरुण इलेक्ट्रोनिक्सले विभिन्न ब्रान्डका इलेक्ट्रोनिक्स तथा घरेलु उपकरण प्रदर्शनीमा राखेको छ । कम्पनीले जापानी ब्रान्ड डाइकिनका एयर कन्डिसनर (एसी) सहित आफ्नै होम एप्लाइन्स ब्रान्ड ‘एरल’का विभिन्न सामग्री ग्राहकसमक्ष प्रस्तुत गरेको छ ।
मेलाको स्टल नम्बर ४१ र ४२ मा राखिएका सामग्रीमा वाल एसी, सिलिङ एसी तथा स्ट्यान्ड एसीलगायतका उपकरण छन् । डाइकिनका एसी विद्युत् खपत कम गर्ने विशेषतासहित उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
अरुण इलेक्ट्रोनिक्सले नेपाली बजारमा चार वर्षअघि ल्याएको आफ्नै ब्रान्ड एरलका एसी, टेलिभिजन, वासिङ मेसिन, रेफ्रिजेरेटर, एयर कुलर तथा पंखालगायतका घरेलु उपकरणसमेत प्रदर्शनीमा राखेको छ । अरुण इलेक्ट्रोनिक्सका सञ्चालक अरुण तोदीले एरल ब्रान्डका सामग्री गुणस्तरीय र उचित मूल्यमा उपलब्ध गराउने उद्देश्यले नेपाली बजारमा ल्याइएको बताए ।
‘हामीले ग्राहकको आवश्यकता र बजेटलाई ध्यानमा राखेर विभिन्न प्रकारका घरेलु उपकरण उपलब्ध गराउँदै आएका छौँ,’ तोदीले भने, ‘एरल ब्रान्डका सामग्रीमा वारेन्टी तथा ग्यारेन्टीको सुविधा पनि छ । ग्राहकले ढुक्क भएर प्रयोग गर्न सक्नुहुन्छ ।’
उनका अनुसार मेलामा आउने ग्राहकले स्टलमा राखिएका सामग्री प्रत्यक्ष अवलोकन गरी तिनका विशेषता, गुणस्तर र मूल्यबारे जानकारी लिन सक्छन् । उपभोक्तालाई सामानबारे बुझेर उपयुक्त सामग्री छनोट गर्न सहज होस् भन्ने उद्देश्यले प्रदर्शनीमा विभिन्न उपकरण राखिएको उनले बताए ।
असोज ३० गतेसम्म सञ्चालन हुने विराट ट्रेड फेयरमा इलेक्ट्रोनिक्स तथा घरेलु उपकरणदेखि खाद्यान्न, लत्ताकपडा र अन्य उपभोग्य सामग्रीका स्टलसमेत राखिएका छन् । मेलाले उपभोक्तालाई एउटै स्थानमा विभिन्न ब्रान्डका सामग्रीबारे जानकारी लिन र खरिद गर्न अवसर प्रदान गरेको छ ।
View : 36
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved