Biratnagar, Morang, Nepal
९ कार्तिक २०८३, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

मोटरबोट दुर्घटना अपडेट : बेपत्ताको खोजीमा गोताखोर परिचालन

उद्‌घोष संवाददाता
९ कार्तिक २०८३, सोमवार

Advertisement

विराटनगर । सप्तकोशी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् ।

बेपत्ताहरूको खोजीका लागि गोताखोरसहित सशस्त्र प्रहरीको उद्धार टोली परिचालन गरिएको छ ।

आइतबार धनकुटा, उदयपुर र भोजपुर जिल्लाको संगमस्थल त्रिवेणीस्थित सप्तकोशी नदीमा भोजपुरबाट बराहक्षेत्रतर्फ आउँदै गरेको मोटरबोट दुर्घटनामा परेको थियो । मोटरबोटमा १४ जना सवार रहेकामा तीन जनाको मृत्यु भएको र तीन जना बेपत्ता भएका छन् ।

दुर्घटनामा झापाको कन्काई नगरपालिका–४ की निता मगरका अन्दाजी सात वर्षीय छोरा शिवक मगर, सुनसरीको बराहक्षेत्र नगरपालिका–१ की २१ वर्षीया प्रमिला मगर र सोही स्थानकी २२ वर्षीया मनु राई बेपत्ता छन् । 

बेपत्ताहरूको खोजी तथा उद्धारलाई प्राथमिकता दिँदै सशस्त्र प्रहरी बल, नेपालले गोताखोरसहितको टोली घटनास्थलमा परिचालन गरेको छ ।

खोजी तथा उद्धारका लागि सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह बाहिनी मुख्यालय पकली, सुनसरी, सुरक्षा बेस रामपुर र विपद् व्यवस्थापन बेस चतराबाट उद्धार टोली खटाइएको छ ।

सप्तकोशी नदीमा बेपत्ता भएका व्यक्तिहरूको अवस्था पत्ता लगाउन गोताखोरको सहयोगमा खोजी तथा उद्धार कार्य भइरहेको जनाइएको छ ।

View : 18

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved