Biratnagar, Morang, Nepal
२१ असोज २०८३, बुधवार
+977 21 450305, 515728, 578305
साहित्य

विराटनगरमा लेखक अरुण गुप्तोसँग साक्षात्कार

उद्‌घोष संवाददाता
२० असोज २०८३, मङ्गलवार

Advertisement

विराटनगर ।  विराटनगरमा मंगलबार लेखक तथा प्राध्यापक अरुण गुप्तोसँग उनको पछिल्लो पुस्तक  क्य्रास द विन्डो सम्बन्धी एक विशेष साक्षात्कार कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।

कार्यक्रममा महेश पौडेलले प्राध्यापक गुप्तोको साहित्यिक व्यक्तित्व बारेमा चर्चा गरेका थिए । 


 सिटी शैक्षिक प्रतिष्ठानका अध्यक्ष सुरेश नौलखाको अध्यक्षतामा आयोजित उक्त अन्तरक्रिया कार्यक्रममा विराटनगरका बुद्धिजीवी, साहित्यकार तथा प्राज्ञिक व्यक्तित्वहरूको उल्लेख्य सहभागिता रहेको थियो ।May be an image of one or more people and text

कार्यक्रमका वक्ताहरूले त्रिभुवन विश्वविद्यालयको अंग्रेजी केन्द्रीय विभागमा लामो समय प्राध्यापन गर्दाको परिचयभन्दा पृथक् र स्वतन्त्र रूपमा प्रस्तुत भई लेखक गुप्तोले पुस्तकमा आफ्ना गहन अनुभूतिहरू पोखेको टिप्पणी गरे ।

गुप्तोको यो नवप्रवर्तनशील र प्रशंसनीय लेखन शैलीको वक्ताहरूले मुक्तकण्ठले प्रशंसा गरेका थिए ।

साक्षात्कार कार्यक्रममा विराटनगरका वरिष्ठ साहित्यकार विवश पोखरेल, सुमन पोखरेल, सीमा आभास, शुभलक्ष्मी लम्साल, बुद्धिजीवी दिनेश श्रेष्ठ, इन्दिरा मिश्र, गीतकार नरेश पौडेल, डा. अच्युतराज कट्टेल,सीताराम चम्लागाई‌ँ सिटी कलेजका क्याम्पस प्रमुख तीर्थराज घिमिरे, डा. विमल श्रीवास्तव लगायत तीन दर्जनभन्दा बढी विशिष्ट साहित्यकार तथा बुद्धिजीवीहरूको उपस्थिति थियो ।
 

View : 154

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved