Biratnagar, Morang, Nepal
१० कार्तिक २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
आर्थिक

गुराँस लघुवित्तद्वारा १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित

उद्‌घोष संवाददाता
१० कार्तिक २०८३, मङ्गलवार

Advertisement

विराटनगर  । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको ११औँ वार्षिक साधारण सभाले शेयर सदस्यलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

धनकुटाको हिलेस्थित कान्जिरोवा मकालु होटलमा मंगलबार सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०८२–८३ को मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको हो ।

संस्थाका अध्यक्ष उदयनारायण बरालको अध्यक्षतामा सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०८२–८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षण गरिएको वित्तीय विवरण पारित गरेको छ ।

 

त्यसैगरी संस्थाको प्रबन्धपत्र तथा नियमावलीका संसोधित दफाहरू संशोधन गर्ने प्रस्तावसमेत स्वीकृत गरेको छ ।

सभाले आर्थिक वर्ष २०८३–८४ का लागि एबीएस. एण्ड एसोसिएट्स चार्टर्ड एकाउन्टेन्ट्स काठमाडौंलाई वैधानिक लेखापरीक्षक नियुक्त गर्ने निर्णय गरेको छ ।

साधारण सभामा सहभागी शेयरधनीहरूले संस्थाको उन्नति, प्रगति तथा आगामी व्यावसायिक सफलताका लागि शुभकामना व्यक्त गरेका थिए ।

कोशी प्रदेशस्तरीय कार्यक्षेत्र रहेको गुराँस लघुवित्त वित्तीय संस्थाले प्रदेशका १३ जिल्लामा ३६ वटा शाखामार्फत करिब २५ हजारभन्दा बढी परिवारमा वित्तीय सेवा प्रदान गर्दै आएको जनाएको छ ।
 

View : 69

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved