विराटनगर । मोरङ जिल्लाका विभिन्न स्थानबाट सशस्त्र प्रहरी बल नेपालले चार लाख २७ हजार ३९० रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ ।
अवैध सामान ओसारपसारमा संलग्न रहेको आरोपमा एक जनालाई समेत नियन्त्रणमा लिइएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण हेडक्वार्टर कंकालिनी तथा मातहतका सीमा सुरक्षा गुल्म रानी र बीओपी जहदा भुटाहाबाट खटिएको टोलीले शुक्रबार उक्त सामान बरामद गरेको हो ।
बरामद गरिएका सामानमा एक थान मोटरसाइकल, दुई थान रिक्सा, रजनीगन्धा, लत्ताकपडा, औषधि, हार्डवेयर तथा किराना सामान रहेका छन् ।
सशस्त्र प्रहरीले अवैध सामान ओसारपसारमा संलग्न रहेको आरोपमा मोरङको विराटनगर महानगरपालिका–१४ निवासी २३ वर्षीय विपिन यादवलाई समेत नियन्त्रणमा लिएको जनाएको छ ।
बरामद सामान र यादवलाई आवश्यक कानुनी कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
View : 41
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved