Biratnagar, Morang, Nepal
३० असोज २०८३, शुक्रवार
+977 21 450305, 515728, 578305
शिक्षा

पूर्वाञ्चल एकेडेमीमा दशैंको उल्लास

उद्‌घोष संवाददाता
२९ असोज २०८३, बिहिवार

Advertisement

सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा नगरपालिका–६ स्थित पूर्वाञ्चल एकेडेमीमा बडादसैँको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

परीक्षाको अन्तिम दिन आयोजित कार्यक्रममा विद्यालयका अध्यक्ष, प्राचार्य तथा शिक्षक–शिक्षिकाहरूले विद्यार्थीलाई टीका, जमरा र दक्षिणा प्रदान गर्दै दशैंको शुभकामना व्यक्त गरेका थिए । 

विद्यालयका प्राचार्य दिपेन राईले विद्यार्थीको शैक्षिक विकाससँगै नैतिक, सामाजिक तथा सांस्कृतिक विकासलाई पनि प्राथमिकता दिँदै आएको बताए । 

नेपाली मौलिक संस्कृति, परम्परा र असल संस्कारसँग विद्यार्थीलाई जोड्न यस्ता कार्यक्रम आयोजना गरिँदै आएको उनको भनाइ थियो । 

कार्यक्रमले विद्यालय परिवारबीच आत्मीयता, सद्भाव र खुसी साटासाट गर्ने अवसर प्रदान गरेको थियो ।

View : 20

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved