विराटनगर । नेपालीहरूको महान् पर्व बडादशैं नजिकिँदै गर्दा घरपरिवारमा भेटघाट, खानपान र उत्सवको माहोल सुरु भएको छ ।
दशैंमा परिवारसँगै बसेर मिठा परिकार बनाउने, खाने र खुसी साटासाट गर्ने परम्परालाई थप सहज र सुखद बनाउन एलिकाले स्वच्छ हावा र आरामदायी भान्साको सन्देशसहित दशैंको शुभकामना व्यक्त गरेको छ ।
‘ताजगीको एक सास’ भन्ने अवधारणासहित एलिकाले खाना पकाउँदा उत्पन्न हुने धुवाँ, गन्ध तथा भान्साको हावा व्यवस्थापन गर्न सहयोग गर्ने चिम्नी प्रविधि प्रस्तुत गर्दै आएको छ। एलिका चिम्नीले भान्सालाई सफा, सहज र आरामदायी बनाउन सहयोग पु¥याउने कम्पनीले जनाएको छ ।
एलिका चिम्नीमा ऊर्जा बचत गर्ने प्रविधि, शक्तिशाली धुवाँ तथा गन्ध तान्ने क्षमता र शान्त सञ्चालनजस्ता विशेषता रहेका छन्। खाना पकाउँदा उत्पन्न हुने धुवाँ र गन्धलाई प्रभावकारी रूपमा तान्न सहयोग गर्ने यसको शक्तिशाली प्रणालीले भान्साको वातावरणलाई सहज बनाउन मद्दत गर्छ। त्यस्तै, कम आवाजमा सञ्चालन हुने प्रविधिले भान्सालाई थप आरामदायी बनाउँछ ।
यसमा रहेको भोल्टेज अनुकूलन प्रविधिले १४० देखि २७० भोल्टसम्मको विद्युत् भोल्टेजमा सञ्चालन गर्न सहयोग गर्छ । त्यस्तै, आवश्यकताअनुसार धुवाँ तान्ने गति व्यवस्थापन गर्न सकिने प्रविधि पनि यसमा उपलब्ध छ ।
उत्पादनप्रतिको विश्वास र दीर्घकालीन प्रयोगलाई ध्यानमा राख्दै कम्पनीले चिम्नीको मोटरमा १५ वर्षको वारेन्टी उपलब्ध गराउने जनाएको छ ।
दशैंका बेला घरमा पाहुनाको आवतजावत र विभिन्न परिकार बनाउने क्रम बढ्ने भएकाले भान्सा बढी व्यस्त हुन्छ । यस्तो अवस्थामा खाना पकाउँदा निस्कने धुवाँ र गन्ध व्यवस्थापन गर्न चिम्नी उपयोगी हुन सक्छ ।
स्वच्छ हावा, स्वादिष्ट परिकार र सुन्दर घरको अवधारणालाई आत्मसात् गर्दै एलिकाले भान्साको अनुभवलाई थप सुखद बनाउने लक्ष्य राखेको छ ।
यस दशैंमा प्रियजनसँगै बसेर स्वादिष्ट परिकारको आनन्द लिँदा स्वच्छ हावा र आरामदायी भान्साको अनुभव पनि सँगै लिन कम्पनीले आग्रह गरेको छ ।
View : 20
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved